झापा ।

कनकाई नगरपालिका ४ कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिवार आगलागी हुँदा तीन घर जलेर खरानी भएको छ ।
आगलागीबाट सुकुम्वासी बस्तीको झकडबहादुर दर्जीको खाली घर, अमृता श्रेष्ठ र ठाकुरसिंह राईको घर जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार शनिवार बेलुका सवा ४ बजे राईको घरबाट आगलागी सुरु भएको थियो ।
आगलागीमा परेका मध्ये झकड भने यस अघि नै मेयर आवास क्षेत्रमा बसोबास गर्दै आएका थिए । आगलागी स्थानीय र दमकको दमकल र कनकाई सामुदायिक वनको खानेपानी ट्याङ्की र स्थानीयको पहलमा नियन्त्रणमा लिएको जनाइएको छ । आगलागीको कारण खुल्न नसके पनि स्थानीयले धूम्रपान सेवन गर्दा आगलागी भएको हुन सक्ने अनुमान गरेका छन् ।































