मिक्लाजुङ,
कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि पाँचथरका विभिन्न आयोजनामा अलपत्र परेका मजदूरलाई उद्धार गरिएको छ ।
अहिले सम्म ३७७ मजदूरको उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिनुभयो । आयोजनाका आग्रह अनुसार अलपत्र परेकालाई सवारी साधनको व्यवस्था गरी घर घरमा पु¥याइएको उहाँले बताउनुभयो ।
अहिले अत्यावश्यकीय काम बाहेक एक जिल्लाबाट अर्को जिल्ला जान अनुमतिपत्र दिन प्रशासनले बन्द गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाईले बताउनुभयो ।































