माईका जनप्रतिनिधिले १५ दिनको सेवा सुविधा विपत राहात कोषमा जम्मा गर्ने

0
1238

 

विमल दहाल,

 माई इलाम,

माई नगरपालिकाको सत्रौ कार्यपालिका बैठकले कोरोना भाईरस संक्रमण रोकथामका लागि आफुले पाउदै आएको पन्ध्र दिनको सेवा सुविधा बिपत ब्यबस्थापन राहात कोषमा जम्मा गर्ने निर्णय गरेका छन ।

बिहिबार सम्पन्न कार्यपालिकाको बैठकबाट माईका सबै जनप्रतिनिधिहरुको राहात कोषमा पन्ध्र दिनको सेवा सुविधा जम्मा गर्ने निर्णय भएको उपमेयर बिष्णुमाया आचार्यले बताँउनुभयो । हाल बिपत राहत कोषमा तीस लाख रहेको र पहिलो चरणमा बिपन्नलाई खाध्य प्याकेजका लागि दश लाख रुपैंयाको बिन्योजन गरिएको हो । राहात प्याकेज प्रदान गर्न वडा–वडामा लगत संकलन र सामाग्री ब्यबस्थापनको कार्य हुदै गरेको आचार्यले जानकारी दिनुभयो ।

नेपाल सरकार अर्थ मन्त्रालय अन्र्तगत राहात सम्बन्धि मापदण्ड २०७६ को अधिनमा रही नगर भित्रका संघ–संस्था तथा दातृ समुदायहरुलाई माई नगरपालिका बिपत ब्यबस्थापन कोषमा राहातको लागि अनुरोध गरिएको छ । अति बिपन्न परिबारलाई राहात प्याकेज बितरणको तयारी गरिएको माईका मेयर दिपक कुमार थेबेले बताँउनुभयो ।

यसै बिच इच्छुक दाताहरुले रकम तथा सामाग्री सहयोग गर्न सक्ने बताँउदै सहयोगीहरुलाई एकद्धार प्रणालीबाट सहयोग प्रदान गर्न अनुरोध गरिएको छ । सहयोगीहरुले नगरको बिपत ब्यबस्थापन राहात कोषमा रकम जम्मा गर्न तथा नगरपालिका संग समन्वय गरेर सहयोग प्रदान गर्न सकिने बताईएको छ । ब्याक्ति तथा संस्थालाई राहात प्रदान गर्न अनियन्त्रित छोडियो भने राहातमा सबै बिपन्न र असक्ष नागरिकको पहुच भन्दा बाहिर जाने भन्दै समान राहात बितरणका लागि एकद्धार प्रणाली अपनाउनुपर्ने अबस्था आएको मेयर थेबेले बताँएका छन ।

माईको क्वारेन्टाईनमा सुबिधा

माई नगरपालिकाकोे क्वारेन्टाईनमा बस्नेहरुका लागी नगरले बिभिन्न सुबिधा दिएको छ ।

कोरोना भाईरस संक्रमणको आशंका लागेका बिरामीहरुका लागि दश क्षमताको क्वारेन्टाईनमा बस्नेहरुका लागि निशुल्क वाईफाई, मोवाएल रिचार्ज कार्य, खाना नास्ता सहितको सुबिधा दिईएको माई नगरपालिका स्वास्थ्य संयोजक पुष्कर कट्टेलले जानकारी दिनुभयो । े क्वारेन्टाईनमा ल्याउन तथा निश्चित अबधि सम्म बस्नेहरुका लागि घर सम्म आउने र पुर्याउने समेत नगरपालिकाले प्रबन्ध गरेको संयोजक कट्टेलको बताँउनुभयो । हाल माई नगरपालिकाको गरुवा बहुमुखि क्याम्पसको क्वारेन्टाईनमा चार जना छन भने सात जना घर गईसकेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here