झापामा डाक्टरको परिचयपत्र बनाउने दुईजना पक्राउ

0
1434

भद्रपुर,

डाक्टरको नक्कली परिचयपत्र बनाएर कार चढेर काठमाडौँबाट झापा आइपुगेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुवै जनालाई लकडाउन उल्लंघन गरेको आरोपमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएको प्रहरी जिल्ला कार्यालय झापाले जनाएको छ। पक्राउ पर्नेमा ललितपुर बस्ने ३३ वर्षीय दिलकुमार श्रेष्ठ र काठमाडौं बस्ने २८ वर्षीय गणेश अधिकारी रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

प्रहरीका अनुसार डाक्टरको नक्कली भेष धारण गर्दै बा ६ च ७०१९ नम्बरको कार चढेर उनीहरू काठमाडौंबाट धरान हुँदै झापाको काँकडभिट्टा आइतबार बिहान आइपुगेका थिए।

उनीहरूले स्वास्थ्य शिविर चलाउन आएको बताउँदै डाक्टर लेखिएको नक्कली परिचयपत्र समेत बनाएको फेला परेको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।

उनले लागू औषधको कारोबारी वा प्रयोगकर्ता हुने सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको बताए। उनले भने, ‘यस बारेमा थप अनुसन्धान भइरहेको छ।’

उनले धरानमा समेत एक दिन बसेर आएका दुवै जनालाई तत्कालका लागि अस्थायी क्वारेन्टाइनमा पठाइसकेको बताए। अहिलेसम्म इलाका प्रहरी कार्यालय काँकडभिट्टा लकडाउन उल्लंघन गरेको आरोपमा २४ जना व्यक्ति र एक दर्जन सवारी साधन नियन्त्रणमा लिइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here