बुद्धशान्ति गाउँपालिकाले बाड्न शुरु ग¥यो राहत

0
676

दिपेन लावती / शान्तिनगर ।

विश्वभर माहामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रण गर्न देशले लकडाउन गरेपछि गरिव तथा दैनिक रोजगारी गर्ने विपन्न परिवारको जनजिवन प्रभावित बनेको छ ।

दैनिक ज्यालादारी गरि खाने परिवारलाई विहान ÷बेलुका के खाने भन्ने चिन्ता बढिरहेको बेला बुद्धशान्ति गाउँपालिकाले पनि खाद्य सामाग्री वितरण गर्न शुरु गरेको छ । आज (मंगलवार) बाट गाउँपालिकाको ७ वटै वडामा रहेका गरिव तथा विपन्न परिवारलाई खाद्य सामाग्री दिन थालिएको गाउँपालिका अध्यक्ष रमेश कुमार भूजेलले जानकारी दिए । केही दिनमै राहत सामाग्री वितरण गरिसक्ने बताइएको छ ।

गाउँपालिकाको ७ नम्वर वडाको ७ वटै टोलबाट राहत सामाग्री वितरणको काम शुरु गरिएको छ । गाउँपालिकाले कारोना भाइरस न्यूनिकरण तथा राहत वितरण गाउँ समन्वय समिति गठन गरि ७ वटै वडामा पनि वडाध्यक्षको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरिएको थियो ।

सो समितिमा विभिन्न राजनीतिक दलका प्रतिनीधि, सामाजिक ब्यक्तित्व, विद्यालयको प्र.अ, वडा सदस्य, वडा सचिव, स्वास्थ्य संस्थाका प्रतिनीधिलाई समितिको सदस्यमा राखिएको छ । सोही समितिले वडाका गरिव तथा अतिविपन्न परिवार संकलन र छनौट गरि राहत वितरण गरिएको सात नम्वर वडाध्यक्ष मात्रिका प्रसाद पौड्यालले जानकारी गराए ।

गाउँपालिकाको एक नम्वर वडामा २०९ घरपरिवारका ७ सय जना, दुई नम्वर वडाका ३११ घरपरिवारका १२३४ जना, तीन नम्वर वडाका ४५८ घरपरिवारका १९ सय जना, चार नम्वर वडाका ४९० घरपरिवारका १७८७ जना, पाँच नम्वर वडाका ९५ घरपरिवारका ४०७ जना, ६ नम्वर वडाका ९४ घर परिवारका ३६० जना र ७ नम्वर वडाका ७८ घर परिवारका ३३३ जना विपन्न बर्गका परिवारका सदस्यलाई राहत वितरण गरिने भएको हो ।

पन्ध्र दिन पुग्ने गरि परिवारका प्रत्येक सदस्यलाई ५ केजी चामल, एक लिटर तेल, एक केजी नुन र एक थान लाइफबोई सावुन वितरण कार्यक्रम आज(मंगलवार) बाट शुरु गरिएको हो । सात नम्वर वडाका सात वटै टोलका ७८ घरका ३३३ जना गरिव तथा अतिविपन्न परिवारका सदस्यलाई खाद्य सामाग्री वितरण गर्दै राहत वितरण कार्यक्रम शुरु गरिएको हो । गाउँपालिकाले ७ नम्वर वडाबाट राहत सामाग्री वितरण शुभारम्भ गरेको हो ।

उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेश कुमार भूजेल, उपाध्यक्ष मीरा भुर्तेल, प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद चापागाई, कोरोना भाईरस न्यूनीकरण तथा राहत वितरण गाउँ समन्वय समितिका सदस्य चक्र शेर्मा, प्रेम नेम्वाड, मनिष दाहाल, धरणी पोख्रेल, इलाका प्रहरी कार्यालय बुधवारे, वडा समन्वय समितिका सदस्य,स्थानीयको उपस्थितिमा सो राहत वितरण गरिएको हो ।

मंगलवार नै ४ नम्वर वडामा पनि दैनिक रोजगारी गर्ने विपन्न बर्गका परिवारलाई खाद्य सामाग्री वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here