सहारा नेपालद्वारा सुन्दरहरैचाका विपन्न परिवारलाई खाद्यन्य सहयोग

0
903

मोरङ,

झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सहारा नेपाल सहकारी संस्था लिमिटेडले मोरङको सुन्दर हरैचा नगरपालिकाका विपन्न परिवारका लागि खाद्यन्य सहयोग गरेको छ ।


मंगलवार नगरपालिकाकी उपप्रमुख धनमाया तामाङलाई १२ क्वीन्टल चामल५० केजी दाल र एक कोरा नून प्रदान गरिएको थियो । सहारा नेपाल साकोस इलाका प्रमुख ओमप्रकाश साह र विराटचौक शाखा प्रमुख मोतिखर सञ्जेल, गोठगाउँ शाखा प्रमसख शान्ता काफ्लेले संयुक्त रुपमा विपन्न परिवारका लागि राहत सामग्री प्रदान गरेका थिए ।
कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन मुलुकलाई दुई सातादेखि लकडाउन गरेको अवस्थामा विपन्न समुदायका नागरिकलाई समस्या नपरोस भन्दै सहकारीले सहयोग गरेको विराटचौक सहकारीका शाखा प्रमुख सञ्जेलले बताए ।


यसैचीत सहारा कर्मचारी मानवीय सहायता कोषबाट बिराटनगरमा भएको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका लागि बस्ने स्वास्थयकर्मी, कर्मचारी, सुरक्षाकमीका लागि चार लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको छ ।
सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाका इलाका प्रमुख साहले अस्पताल उद्घाटनका क्रममा प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राइ र सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई खाद्य सामाग्री हस्तान्तरण गरेका थिए ।
गत शक्रबार मुख्यमन्त्री शेरधन राईलाई मोरंगको टाँडीस्थित क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई खाद्यान्न उपलब्ध गराउन एक लाख ५१ हजार रुपैयाँको चेक प्रदेश नं. १ कोरोना जनसुरक्षा कोषमा जम्मा हुनेगरी साहारा नेपालले हस्तान्तरण गरेको थियो ।
सहकारीले सामाजिक उत्तरदायित्व अन्तरगत यस अघि नै ५० लाख रुपैयाँ विपद्को घडीमा सहयोग गर्ने घोषणा गरेको थियो ।
सहकारीले अहिले झापा सहित आफ्नो कार्यक्षेत्र भित्र रहेको जिल्लाहरुमा विपन्न समुदायका लागि प्रदेश सरकार र स्थानीय तहसंग सहकार्य गर्दै राहत वितरण गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here