सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न सकेन – पूर्वाराजा ज्ञानेन्द्र

0
1436

बिर्तामोड,

विश्वव्यापी रुपमा कोरोना भइरस कोभिड १९ को संक्रमणले महामारीको रुप लिएपछि सरकारले दुई साता अघि नेपाललाई लकडाउन गरेको थियो । लकडाउन भएको १५ औं दिनमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा मंगलवार दिउसो ११ वजे सम्वोधन गरे । तर, प्रधानमन्त्री ओलीले देशवासीका नाममा गरेको संवोधन प्रति पूर्व राजा ज्ञानेन्द्र साह वेखुशी देखिएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा राख्दै सरकारले नागरिकको दैनिक समस्याप्रति सम्बोधन नै गर्न नसकेको आरोप लगाएका छन् ।

पूर्वराजा साहाले ट्वीट गर्दै भनेका छन् – कोरोना संक्रमणको विपदको यस अडीमा आफ्ना नागरिक प्रति सरकारको विशेष चासो हुनु ह्ररानीय छ तर, आफ्ना नागरिकको दैनिक समस्या प्रति सम्वोधन नहुनु निरासाजनक हो । राज्यको करप्रणालीको ठूलो हिस्सा दैनिक खानपानको समस्यावाट गुज्रीरहेको छ । जसकमा सरकारको ध्यान अत्यान्त न्यून देखिनु दुखद पक्ष हो ।

प्रधानमन्त्री केपी ओलीले देशवासीलाई सम्बोधन गर्दै कोरोना भाइरसविरुद्धको अभियानमा सघाउन आमजनतासँग अपील गरेका थिए । उनले अबको दुई साता निकै कठिन हुने भन्दै लकडाउनलाई पालना गर्न नागरिकसँग आग्रह गरेका थिए । उनले स्वास्थ्य सामग्री खरिदका सम्बन्धमा उठेका सार्वजनिक चासोप्रति आम जनतालाई आश्वस्त पार्नेभन्दा पनि उक्त खरिद प्रकरणमा जोडिएका मन्त्री र प्रशासकको बचाउ गरेका थिए ।

गरीब र समस्यामा परेकाहरुलाई सरकारले भोकै मर्न नदिने पनि बताए थिए । कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनबाट पूर्वराजा पनि प्रभावित भएका छन् । लकडाउनका कारण उनी पूर्वको झापामा रहेको शाहका निजीसचिव सागर तिमल्सिनाले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।

फागुनको अन्तिमतिर भारतको सिक्किम र दार्जिलिङ भ्रमणमा गएका पूर्वराजा शाहका परिवार झापामा रोकिएका हुन् । उनी दमकमा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here