राहत बितरणको नयाँ तरिका: सांसद लिङ्देन भन्छन् – न फोटो, न दिने,न लिने

२६ चैत्र २०७६, बुधबार मा प्रकाशित

बिर्तामोड,

दक्षिणी झापाको कचनकवल गाउँपालिका र झापा गाउँपालिकामा राहत फरक तरिकाले बितरण गरिएको छ ।
राहत वितरणका क्रममा विपन्न परिवारको तस्वीर लिएर गरीवको पहिचान झल्काउँदै सामाजिक सञ्जालमा तस्बीर पोष्ट गर्ने क्रम बढेको प्रति चर्काे आलोचना भएपछि दुई गाउँपालिकाले राहत वितरण गर्दा छुट्टै तरिका अपनाएका छन् ।


कचनकवल गाउँपालिका १ घेरावारीमा राहत वितरणका क्रममा जति जनालाई राहत सामग्री प्रदान गरिने हो त्यती नै संख्यामा छुट्टा ÷ छुट्टै राहत सामग्री तीन मिटरको दूरी कायम गर्दै राखिने र नाम वोलाएपछि राहत सामग्री लाने गरिएको छ । राहत पाउने व्यक्तिको टोल विकास संस्थाका पदाधिकारीले नाम वोलाएपछि राहत सामग्री लिने र हस्ताक्षरण गर्ने अभियान सञ्चालन गरिएको छ । उक्त कार्यप्रति प्रशंसा गर्दै संघीय सांसद राजेन्द्रकुमार लिङ्देनले सामाजिक सञ्जालमा राहत वितरणको तरिका अरुलाई पनि काम लाग्न सक्छ भन्दै तस्बीर सहित पोष्ट गरेका छन् ।

उनले सामाजिक सञ्जालमै लेखेका छन् – सबै स्थानीय तहहरूलाई कचनकवल १को राहत वितरण तरिका काम लाग्छ की ? ● जति संख्यालाई वितरण गर्ने हो त्यतिनै संख्यामा अलगअलग स्थानमा राहत सामाग्री राख्ने ।
● टोल बिकास संस्थाका पदाधिकारीहरूले नाम बोलाएपछि सामाग्री बुझेको हस्ताक्षर गर्ने र आफैले एक भाग उठाएर लैजाने ।
● न फोटो, न दिने,न लिने ।


उता झापा गाउँपालिकाको वडा नम्वर १ स्थित सालमाराका २०० परिवारलाई पनि सोही प्रकृयाबाट आज राहत सामग्री बितरण गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here