त्रिविद्वारा वैशाख र जेठमा संचालन गरिने परीक्षा स्थगित

0
867

काठमाडौं ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले वैशाख र जेठमा संचालन गरिने परीक्षा कार्यक्रम स्थगित गरेको छ ।

त्रिविको केन्द्रिय परीक्षा सञ्चालक समितिको बुधबार बसेको बैठकले वैशाख र जेठमा संचालन गरिने विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे बीएस्सी, बीबीएस र बीएड चौथो वर्षका नियमित तथा आंशिक परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यस्तै पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिङ साइकोलोजी, स्कुल साइकोलोजी र पोष्ट ग्राजुएट इन उमन स्टडीजका पुरा तथा आंशिक परीक्षा पनि स्थगन गरिएको त्रिविले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here