कैदीबन्दीहरुलाई हातधुने साबुन प्रदान

0
889

विर्तामोड ।

पाँचथर सरोकार समाज झापाले जिल्ला कारागार झापामा रहेका कैदीबन्दीहरुलाई हातधुने साबुन प्रदान गरेको छ ।

पाँचथर सरोकार समाज झापाका अध्यक्ष कमलप्रसाद खरेल , उपाध्यक्ष मनकुमार अधिकारी, महासचिव सुवास भट्टराई, सचिव छवी विक , सदस्य ओमभक्त सेढाईं लगायतको टोलीले जिल्ला कारागार झापाका प्रमुख राजेन्द्र निरौलालाई एक हजार एक सय थान लाइफव्वाई साबुन हस्तान्तरण गरेको थियो ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सावुनपानिले नियमित हात धुनुपर्ने भएकाले जिल्ला कारागार झापामा रहेका कैदीबन्दीहरुलाई ३२ हजार मूल्य वरावरको हातधुने साबुन प्रदान गरेको पाँचथर सरोकार समाज झापाका महासचिव सुवास भट्टराईले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here