कोरोना कहरः विश्वभर मृत्यु हुनेको संख्या एक लाख कट्यो, संक्रमितको संख्या १७ लाख नजिक

0
895

काठमाडौं ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वमा मृत्यु हुनेको संख्या एक लाख कटेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर भाइरस संक्रमणका कारण एक लाख २ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको हो । यसबाट संक्रमित हुनेको संख्या पनि १७ लाख पुग्न लागेको छ ।

सबैभन्दा बढी अमेरिकामा संक्रमित छन् । त्यहाँ संक्रमित हुनेको संख्या ५ लाख नाघेको छ । त्यहाँ १८ हजार ७ सयभन्दा बढीको मृत्यु भएको छ ।
१७ लाख कोरोनाबाट संक्रमित भएकामा तीन लाख ७६ हजारभन्दा बढी मानिस निको भएर घर फर्किएका छन् भने करिब ४९ हजारभन्दा बढीको अवस्था गम्भीर रहेको छ ।

मृत्यु हुनेमा अहिलेसम्म सबैभन्दा बढी इटालीमा १८ हजार ८ सयभन्दा धेरै छन् भने स्पेनमा १६ हजार नाघेको छ । स्पेनमा संक्रमित हुनेको संख्या १ लाख ५८ हजार नाघ्दा इटालीमा संक्रमितको संख्या १ लाख ४७ हजार नाघेको छ ।

फ्रान्समा मृतकको संख्या १३ हजार १ सय नाघेको छ । बेलायतमा करिब ९ हजारको मृत्यु भएको छ । इरानमा मृतकको संख्या ४२ सय नाघ्दा चीनमा यो संख्या ३३ सय ३६ मा रोकिएको छ । जर्मनीमा मृत्यु हुनेको संख्या २७ सय नाघ्दा बेल्जियममा ३ हजार नाघेको छ भने नेदरल्याण्डस्मा २५ सय नाघेको छ ।

भारतमा २४९ जनाको मृत्यु हुँदा ७ हजार ६ सयभन्दा बढी संक्रमित भएका छन् । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here