जग्गाको विषयमा विवाद हुँदा खुकुरी प्रहार

0
907

झापा,
जग्गाको विषयमा वादविवाद हुँदा झापामा धारिलो हतियार (खुकुरी )प्रहार भएको छ । खुकुरी प्रहारबाट आमा छोरासहित तीन जना घाइते भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

खुकुरी प्रहारबाट घाइते हुनेमा अर्जुनधारा नगरपालिका ५ बस्ने ३२ वर्षीय सुभद्रा गेलाल, ७२ बर्षीया जानुकादेवि गेलाल र उनका ३० वर्षीय छोरा केशव गेलाल रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका ५ बस्ने बस्ने सुभद्रा गेलाल परिवारसँग सोही ठाउँकै छिमेकी पुण्यप्रसाद खनालले जग्गाको विषयमा वादविवाद भएको थियो ।

वादविवादको क्रममा खनालले उनीहरूमाथि खुकुरी प्रहार गरेका थिए । यता घाइते तीनै जनाको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ, भने खुकुरी प्रहार गर्ने खनाललाई प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको जनाइको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here