१२ लाख २६ हजार ९७७ केजी चामल मोरङमा वितरण भइसक्यो

0
779

विराटनगर,

बन्दाबन्दी ‘लकडाउन’का कारण रोजगारी गुमाएका विपन्न एवं गरिब परिवारलाई राहत वितरण गर्ने योजनाअनुरुप मोरङमा १२ लाख २६ हजार ९७७ केजी चामल वितरण भइसकेको छ ।

कोभिड–१९ को जोखिम हुन नदिन जारी भएको लकडाउनको आज २१ औँ दिन हो । लकडाउनका कारण दैनिक ज्यालादारी गरी गुजारा गर्ने मजदुरका परिवार अप्ठ्यारोमा परेका छन् । त्यस्ता वर्गलाई जीविकोपार्जन गर्न राहत वितरण गर्ने नीति अनुरुप स्थानीय तहले राहत वितरण गर्न थालेका हुन ।

एक महानगरपालिका, तीन नगरपालिका १३ गाउँपालिका रहेको यहाँ हालसम्म वितरीत राहत सामग्रीमा दाल एक लाख १५ हजार ९०२ केजी, आलु ६१ हजार ९०३ केजी, नून ८५ हजार २५ केजी, खाने तेल ४४ हजार ८९८ लिटर, साबुन ७५ हजार ९४१ वटा, चिउरा दुई हजार २५४ केजी, भुजा २१८ केजी, दुई तीन हजार ३७ लिटर, चना १२५ केजी, प्याज १३० केजी, चाउचाउ सात हजार १४० थान र खाना प्यकिङ ५५० रहेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिनुभयो ।

यहाँ सबैभन्दा बढी विराटनगर महानगरपालिकाले २६ हजार २६८ घरधुरी र सबैभन्दा कम सुनवर्षी गाउँपालिकाले दुई हजार ४९२ घरधुरीमा राहत वितरण भएको नायब उपरीक्षक उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here