काठमाण्डौं,
पाकिस्तानका पूर्व क्रिकेटर जफर सरफराजको निधन भएको छ । जफर पाकिस्तानका पहिलो श्रेणीका पूर्व क्रिकेटर हुन् ।
गएको अप्रिल ७ तारिखमा उनमा कोरोना भाइरस ९कोभिड १९० पोजेटिभ देखिएको थियो । उनलाई पेशावरको एक अस्पतालमा तीन दिनसम्म भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । तर सोमबार निधन भएको जनाइएको छ ।
सरफराजले सन् १९८८ देखि १९९४ सम्म १५ प्रथम श्रेणी तथा १९९० देखि १९९२ सम्म ६ वटा लिस्ट ए गेम खेलेका थिए । उनी लेफ्ट आर्म स्पिन बलर पनि हुन् । उनी पेशावरको यु–१९ तथा सिनियर टिमका प्रशिक्षक पनि भएका थिए ।


























