काठमाण्डाै,
भारतमा आउँदाे मे ३ तारिखसम्म लकडाउन लम्ब्याइएकाे छ । प्रधानमन्त्री नरेन्द्र माेदीले मङ्गलबार देशकाे नाममा सम्बाेधन गर्दै लकडाउनकाे अवधि बढाउने घाेषणा गरेका हुन् ।
काेराेना भाइरस (काेभिड १९) काे प्रकाेपलाई मध्यनजर गर्दै यसअघि घाेषणा गरिएकाे २१ दिने लकडाउन आज पूरा हुँदै छ । सम्बाेधनका क्रममा माेदीले लकडाउनकाे कारण नागरिकलाई निकै कष्ट भइरहेकाे बताए । साथै उनले व्यक्ति व्यक्तिबीचकाे दुरीले नै महामारीलाई नियन्त्रणमा लिन सकिने बताए ।
प्रधानमन्त्री माेदीले लकडाउनकाे अवधि बढेपछि थप सतर्क रहनुपर्ने बताए । लकडाउनलाई अझ कडा गरिने र आउँदाे अप्रिल २० देखि लकडाउनकाे कत्तिकाे पालना भइरहेकाे छ भनेर मूल्याङ्कन हुने बताए । यदि लकडाउनकाे पूर्ण पालना भएमा अप्रिल २० देखि शर्तका साथ केही राहत दिइने प्रस्ट पारे ।
उनले लकडाउनकाे पूर्ण पालना गर्न र जुन ठाउँमा छाैँ त्यही ठाउँमा रहन सचेत गराएका छन् । साथै उनले नागरिकसँग सात वटा बुँदामा साथ मागेका छन् ।
– वृद्धवृद्धाको विशेष ध्यान राखौँ
– व्यक्ति व्यक्तिबीचको दुरी कायम गरौँ
– प्रतिरक्षा प्रणाली बढाउने कुरामा ध्यान दिऔँ
– कोरोना सङ्क्रमण रोक्न आरोग्य सेतु मोबाइल एप डाउनलोड गरौँ
– विपन्न परिवारका लागि सकेजति सहयोग गरौँ
– आफूसँग काम गर्नेलाई कामबाट ननिकालौँ
– डाक्टर, नर्स, सरसफाइकर्मी र प्रहरीको आदर गरौँ-उज्यालो अनलाइनबाट































