चट्याङ लागेर नाबालकसहित तीन घाइते

0
964

बलेवा,

बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा सोमबार राति हावाहुरीसँगै परेको चट्याङले लागेर तीन वर्षीया नाबालकसहित तीन जना घाइते भएका छन् । रेशको कुँवरथरका ८८ वर्षीया लालबहादुर कुँवर, २४ वर्षीया पवित्रा कुँवर र उहाँका तीन वर्षीया छोरा घाइते भएका हुन् ।

घाइतेको धौलागिरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । चट्याङका कारण पवित्राको घरको ढोका फुटेको छ । हावाहुरीले घर गोठको छाना उडाएको वडाध्यक्ष प्रेम लामिछानेले जानकारी दिनुभयो । लालबहादुर र पवित्रा ससुरा बुहारी नाता पर्ने हुन् ।

उहाँहरू दुवैजना बस्दै आएका घरमा क्षति भएकाले पुनः निर्माणको काम थालिएको लमिछानेले बताउनुभयो । चट्याङका कारण गोठमा बाँधिराखेका पशु चौपायसमेत घाइते रहेको लामिछानेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here