गोरु काट्ने दुई जना प्रहरीको नियन्त्रणमा

0
627

खोटाङ ।

खोटाङको साकेला गाउँपालिका–३ मा गोरु काटिरहेका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गाउँपालिकाको सौरे भन्ने स्थानमा गोरु काटिरहेको भन्ने सूचना पाए संगै ईलाका प्रहरी कार्यालय मात्तिमबिर्ताबाट खटिएको प्रहरी टोलीले स्थानीय ५५ बर्षीय बुद्दीमान तामाङ र १३ बर्षीय १ बालकलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा संग्लग्न अन्यको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here