पहाडी भेगमा महामारीको त्रास संगै खाद्यान्न जोहोको चिन्ता 

0
694
युद्धबहादुर बोहोरा / इलाम,
दिनहुँ तीब्र गतिमा नेपालमा देखिन थालेको कोरोना संक्रमित तथ्यांकले हरेक नेपालीमा डर त्रास बढे संगै खाद्यान्न सामाग्रीको आभाव हुने शंका बढ्न थालेको छ।
नेपाल कृषिप्रधान देश भएर पनि अधिकाँस पहाडका मानिसको वर्षभरी पुग्ने खाद्यान्न भने किनेकै भरमा गुजार्नु परेको कृषकहरु बताउँछन्। खेतीयोग्य जमीनको अभाव र मेहनत अनुसारको उत्पादन नहुनु पनि पहाडका बासिन्दाको पिडा छ भने अर्को तर्फ उनीहरुले उब्जाएको  कृषिजन्य सामाग्रीहरु बिक्री गरेर खाद्यान्न समस्या टार्ने बानि बसिसकेको छ।
मकै,धान,कोदो,फापर,तोरी,गहुँ जस्ता अन्न उत्पादन गर्ने भन्दा पनि पहाडका किसान अलैंची,अदुवा,लसुन,चिया,दूध,लोक्ता सुन्तला,कागती,जडिबुटी तथा काठ (गोलिया)को निर्यातलाई  प्रमुख आयस्रोतको माध्यम बनाएका छन्।
विश्व महामारीले बन्दबन्दी शुरु भएपछि पहाडी क्षेत्रमा उत्पादन हुने सामान बिक्री ठप्प भएको र किनेर खाने सामाग्री पनि असहज बन्न थालेपछि आफ्नो परिवारलाई चाहिने खाद्य सामान जोहो गर्न चिन्तित बन्न थालेका छन्।
सुरक्षाका दृष्टिकोणले शहरमा बस्ने हरेक परिवारका मानिस गाउँ भित्रिए पछि अहिले हरेक घरमा परिवार संख्या वृद्धि भएको छ त्यसैले पहिला भन्दा अबको दिनमा खाद्यान्न बढी आवश्यक पर्ने बताउँछन् इलाम फाकफोकथुम-१,खाम्बाङ्ग निवासी स्थानीय  थिरबहादुर बोहोरा।
उनी भन्छन्,महामारी ठेगान नलागुन्जेल अनिश्चितकालिन लकडाउन बाहेकको विकल्प केहि छैन,जेठ महीना देखि वर्षात  शुरु भएपछि ढुवानी समस्या हुने हुँदा दुई /तीन महिनालाई पुग्ने सामान त जोहो गर्नै पर्‍यो नि।
मानिसले खाने मकै,कोदो,गहुँबाट कतिपय ग्रामीण क्षेत्रमा घरेलु मदिरा उत्पादन गर्ने गर्दछन्। खाद्यान्न संकट आएमा किसानले उत्पादन गरेको यस्ता सामाग्री    सुरक्षित गरि प्रयोग गर्न सकिने हुँदा दुरुपयोग नगर्न जनहितमा सुचाना जारी गर्दै यस्तो कार्यमा संलग्नलाई  स्थानीय सरकारले नियन्त्रण गर्न थालेको छ।
सरकारले लागु गरेको नियम र सचेतना पालना गर्दा आफू पनि बाँच्ने र अरुलाइ पनि बचाउने मानवीय व्यबहार तर्फ ग्रामीण भेगका मानिस सजग रहेको उनीहरु बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here