सहाराद्धरा पालिकाहरुलाई खाद्यान्न र नगद हस्तान्रण

0
769

विराटनगर ।

कोभिड १९ संकटका बेला गरिब र विपन्नका लागि ५० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको सहारा नेपाल बचत तथा ऋण सहकारी सस्थाले सुनसरी मोरंगका पालिकाहरुलाई राहत हस्तान्तरण गरिरहेको छ ।

लगूबित्त मोडलमा बचत तथा ऋणको कारोबार गरिरहेको सस्थाले विराटनगर महानगरपालिका, सुनसरीको इटहरी उपमहानगरपालिका, इनरुवा, सुन्दरहरैचा रंगेली नगरपालिका, रामधुनी नगरापालिकालाई राहत हस्तान्रण गरिसकेको छ ।

सहारा नेपालले बुधबार विपत व्यस्थापन समन्वय समितिसँगको बिपन्न परिवारका लागि खाद्यान्नका लागि सहयोग होस भनेर बिराटनगर महानगरपालिकालार्य एक लाख ११ हजार रुपैयाँको चके हस्तान्तरण गरेको छ । महानगरका मेयर भिम पराजुली र उप मेयर ईन्दीरा कार्कीलाई सहारा नेपाल साकोसका ईलाका प्रमुखद्धय ओम प्रकाश साह र यादव कुमार बस्नेतले चेक हस्तान्तरण गरे ।

सो अवसरमा मेयर पराजुलीले कोभिड—१९ सँग जुध्नका लागि सरकारी तथा निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।
यसैगरि रङ्गेली नगरपालिकालाई ५० हजार रुर्पैयाँ को चेक नगरपालिकाको मेयर दिलिप कुमार अग्रवाललाई बुधबार नै हस्तान्तरण गरिर्एको छ । साहारा नेपाल रङ्गेली सेवा केन्द्र प्रमुख अजित कुमार साहले चेक हस्तान्तरण गरेका हुन् ।

यस्तै मोरङ.गको ग्रमथान गाँउपालिकालाई २५ हजार मिक्लाजुंग गाउपालिकालाई २५ हजार बराबरको खाधान्न,उर्लाबारी नगरपालिकालाई .५० हजार नगद, पथरीशनिश्चरे नगरपालिकालाई ५० हजार हस्तान्तरण गरेको छ ।

यसैगरि साहाराले लेटांग नगरपालिकामा ५० हजार बेलबारी नगरपालिका .५० हजार नगद र केराबारी गाउपालिकालाई २५ हजार रुपैयाँ हस्तान्तरण गरिएको सहार नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले बताए ।

सहारा नेपालले इटहरी उप महानगरपालिकाका मेयर श्री द्धारीकलाल चौधरी लाई १२ सय केजि चामल हस्तान्तरण गरिएको छ । यस अघि सहारा कर्मचारी मानवीय सहायता कोषमा भएको रकमाट कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका लागि बस्ने स्वास्थयकर्मी, कर्मचारी, सुरक्षाकर्मीका लागि चार लाख रुपैयाँ बराबरको खाद्यान्न उपलब्ध गराएको थियो । यस्तै प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा एक लाख ५१ ह्जार रुपैयाँ साहाराले जम्मा गरिसकेको छ ।

सदस्यलाई सापटी राहत प्याकेज

कोभिड १९ को महामारीका कारण लकडाउनमा परेका आप्mना सदस्यहरुलाई सस्थाले बिना व्याज सापटी कार्यक्रम ल्याएको छ ।

लगूबित्त समुहमा रहेका गरिब तथा विपन्न परिवारलाई लक डाउनका कारण दैनिकी चलाउन समस्या भएको भन्दै सस्थाले बिना व्याज ५ हजार रुपैयाँ सम्म सापटी दिने कार्यक्रम ल्याएको छ ।

एक लाख ४३ हजार लघूबित्त समुहमा सदस्य रहेको सस्थाले यो कार्यक्रमका लागि ७ करोड रुपैयाँ छुट्याएको सस्थाका कार्यकारी अधिकृत गिरीले बताए ।

उनले २ महिना सम्म सदस्यहरुले बिना व्याज सो रकम सापटीको रुपमा चलाउन पाउने छन् । सस्थाले सदस्यहरुको सेवाका लागि कर्मचारी मार्फत सो सेवा पुर्याउने छ ।

झापाको चारपानेमा केन्द्रिय कार्यलय भएको यस संस्थाको हाल पुर्वान्चलको ६ जिल्लामा कार्यक्षेत्र रही १ लाख ४३ हजार सदस्यलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here