१८ स्थानमा सशस्त्र प्रहरीको सुरक्षाचौकी

0
273

इलाम,

भारतसँग सीमा जोडिएको इलामका सीमावर्ती १८ स्थानमा सशस्त्र प्रहरीको अस्थायी चौकी राखिएको छ । लकडाउनका समयमा पनि भारत र नेपालमा लुकिछिपी मानिसको आवतजावत भइरहेकाले चौकी राखिएको हो ।

खुला सीमा भएका कारण बाहिरबाट धेरै मानिस आएकाले सीमा क्षेत्रका नेपाली त्रसित थिए । भारतसँग सीमा जोडिएको इलामको साढे ५२ किलोमिटर क्षेत्रका १८ स्थानमा सशस्त्र प्रहरीको टोली खटाइएको जिल्ला प्रशासन कार्यालय इलामका सूचना अधिकृत सफल पोर्तेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार लुकिछिपी नेपाल प्रवेश गर्नेको व्यक्ति बढेसँगै सीमा क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here