१३ वटा सवारी दुघर्टनामा परी २ जनाको ज्यान गयो २० जना घाइते

0
490

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

झापामा लकडाउनको अवधिमा पनि भएका सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ । २० जना घाइते भएका छन् ।

विश्वभर आतंकका रुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन र नियन्त्रण गर्ने उद्घेश्यले नेपाल सरकारले ११ चैतदेखि लकडाउनका घोषणा गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका अनुसार चैत ११ गतेदेखि आज बैशाख ११ गतेसम्म एकमहिनाको अवमिा झापाका विभिन्न स्थानमा भएका १३ वटा सवारी दुघर्टनामा परेर २ जनाको मृतयु भएका छ भने २० जना घाइते भएका छन् ।

नेपाल सरकारले पहिलो पटक घोषणा गरेको चैत ११ गते लकडाउन घोषणा गरेकै दिन झापाको पुर्व पश्चिम लोकमार्ग अन्तर्गत कमल गाउँपालिका— ५ सडकखण्डमा मोटरसाइकलको ठक्करबाट करीव ६५ वर्षीय पुरुषको मृत्यु भएको ट्राफिक प्रहरी निरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो । उनको नाम थर वतन नखुलेको र सडकमै हिडीरहने मानिस भएको प्रहरी निरीक्षक जवेगुको भनाई छ ।

यसैगरी चैत २० गते पुर्व पश्चिम लोकमार्ग अन्तर्गत कमल गाउँपालिका—६ सडकखण्डमा भएको सडक दुर्घटनामा परी पैदल यात्री सिराह सुखीपुर —१ की अन्दाज ४५ वर्षीया पानु मण्डलको ज्यान गएको थियो । उनलाई ठक्कर दिने सवारी साधन हाल सम्म वेपत्ता छ । झापामा भएका सवारी दुर्घटनामा परी २० जना घाइते भएको सवैको अवस्था सामान्य रहेको कार्यालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here