लकडाउनको अवधिमा अपराधको संख्यामा झण्डै ९० प्रतिशतले कमि

0
828

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन र नियन्त्रण गर्ने उद्घेश्यले नेपाल सरकारले घोषणा गरेको लकडाउनको अवधिमा अपराधको संख्यामा झण्डै ९० प्रतिशतले कमि आएको छ ।

चोरी, हत्या, लागुऔषध वैकिङ कसुर, अभद्र व्यवहार, मानव बेचविखन, ठगी, विषादी सेवनलगायतका अपराधका घटनामा कमि आएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

लकडाउनका कारण सवैतिरको जनजीवन प्राय ठप्प भएको र सवै आ आफ्नै घरभित्र रहेकाले यस्ता आपाराधिक गतिविधिमा कमि आएको अनुमान प्रहरी अधिकारीहरुको छ ।

लकडाउनअघिको एकमहिना र पछिको एकमहिनालाई तुलना गर्दा इलाका प्रहरी कार्यालय काँकरभिट्टा मातहतका क्षेत्रमा केही अपराध नै नभएको र केहीमा झण्डै ९० प्रतिशतले कमि आएको प्रहरीको भनाई छ ।

चैत ११ गतेदेखि बैशाख ११ गतेसम्म एकमहिनाको अवधिमा इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जम्मा ३ वटा मुद्घा दर्ता भएका छन् । कार्यालयको मुद्घा शाखाका अनुसार यो अवधिमा मृत अवस्थामा फेला, जवरजस्ती करणी उद्योग र झुण्डिएर आत्महत्याको एक÷एकवटा मुद्घा दर्ता भएका छन् ।

लकडाउनको अघिल्लो एकमहिनामा लागुऔषधका ६ वटा मुद्घा दर्ता भएपनि पछिल्लो अवधिमा शुन्यमा झरेको छ । फागुन ११ देखि चैत ११ गतेसम्म मानव बेचविखन, झुण्डिएर आत्महत्या, अभद्र व्यवहार, ठगी, पशुपक्षी सम्बन्धि तथा विष सेवनका मुद्घा उल्लेखीयरुपमा दर्ता भएपनि पछिल्लो एकमहिनामा सवै शुन्यमा झरेको प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले बताउनुभयो ।

मानिसका गतिविधिलाई घरभित्रै सिमित गर्ने गरीएका बेला विगतको भन्दा अहिले यस्ता घटनामा कमि आएको प्रहरी नायव उपरीक्षक पोखरेलको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here