अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ५० हजार, विश्वभर १ लाख ९० हजारको निधन

0
549

एजेन्सी।

कोरोना भाइरसको संक्रमणको कारण विश्वमै सबैभन्दा बढी अमेरिकामा करिब ५० हजार मानिसको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांक अनुसार अमेरिकाभरमा मृत्यु हुनेको संख्या ४९ हजार ८४५ पुगेको छ । त्यहाँ ८ लाख ८० हजार मानिस संक्रमित छन् ।

विश्वभर भने कोरोनाका कारण १ लाख ९० हजारभन्दा बढी मानिसको मृत्यु भएको छ । संसारभर कोराना भाइरसबाट संक्रमित हुनेको संख्या पनि २७ लाख १८ हजार नाघेको छ ।

अमेरिकापछि कोरोनाबाट सबैभन्दा बढी मृत्यु हुने शीर्ष पाँच देशमा क्रमशः इटाली २५ हजार ५ सयभन्दा बढी, स्पेन २२ हजारभन्दा बढी, फ्रान्स २१ हजार ८ सयभन्दा बढी, बेलायत १८ हजार ७ सयभन्दा बढी रहेका छन् ।

यी सबै देशमा मृत्यु हुनेको आंकडा दश हजार नाघेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here