पलाउन थाल्यो मनीषाको कपाल

0
474

काठमाडौं : केही समयअघि अमेरिकामा क्यान्सरको उपचारपछि स्वस्थ भएर मुम्बई फर्किएकी अभिनेत्री मनीषा कोइरालाको कपाल पलाउन थालेको छ । Manisha newक्यान्सरको उपचार गराउँदा उनको कपाल झरेपछि उनी टाउको छोप्न कि टोपी लगाउँथिन् कि ओढ्ने ओढ्थिए । मनीषाले मंगलबार आफ्नो फेसबुकमा अपलोड गरेको पछिल्लो फोटोमा कपाल पालएर निकै लामो भइसकेको देखिन्छ ।
मनीषा क्यान्सरको उपचार गराएर फर्किएपछि निकै धार्मिक देखिन थालेकी छन् । केही समयअघि उनले ठूलै पूजा लगाएर त्यसको फोटो पनि फेसबुक र ट्विटरमा अपलोड गरेकी थिइन् । हिजोआज उनले फेसबुक स्टाटसमा पनि धार्मिक खालका सामग्री राख्न थालेकी छन् ।
पछिल्लोपटक आइतबार मनीषाले फेसबुक स्टाटसमा नेपालको धर्मनिरपेक्षताका बारेमा लेखेकी छन् । नेपालमा धर्म निरपेक्षता के का लागि भन्ने प्रश्न गर्दै उनले आफूले अन्य धर्मको निन्दा नगर्ने पनि लेखेकी छन् । उनको त्यो स्टाटसमा ३ सय ८३ जनाले लाइक गरेका छन् भने १ सय २ जनाले कमेन्ट लेखेका छन् ।