भारतमा २४ हजार भन्दा बढी संक्रमित, ७८० को मृत्यु

0
583

काठमाण्डौं ।

भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७८० पुगेको छ। शुक्रबार एकैदिन ५९ जनाको मृत्यु भएको भारतको स्वास्थ्य मन्त्रलायले जनाएको छ।

त्यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या २४ हजार, ४४७ पुगेको छ। पछिल्लो २४ घन्टामा भारतमा १४ सय बढी संक्रमित थपिएका थिए। भारतमा सबैभन्दा बढी संक्रमित हुनेहरु महाराष्ट्र प्रदेशमा रहेका छन्। त्यहाँ हालसम्म ६ हजार ४ सय भन्दा बढी संक्रमित भेटिएका छन्।

महाराष्ट्रमा २ सय ८३ जनाको मृत्यु भइसकेको छ। त्यस्तै गुजरातमा २ हजार ६ सय बढी कोरोना संक्रमित रहेका छन्। गुजरातमा १ सय १२ जनाको मृत्यु भएको छ। भारतको राजधानी दिल्लीमा भने कोरोना संक्रमितको संख्या करिब २४ सय छ। मृत्यु हुनेको संख्या ५० भन्दा धेरै पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here