सुरुङामा‘टट’को तयारी

0
560

सुरुङ,साउन १६ । झापाको सुरुङामा प्रशिक्षक उत्पादन गर्ने उदेश्यले प्रशिक्षक प्रशिक्षण (तयत ) संचालन हुने भएको छ ।
नेपाल जेसीजको आयोजना तथा सुरुङा जेसीजको आतिथ्यमा यही साउन २४ देखि २७ गतेसम्म प्रशिक्षक प्रशिक्षण संचालनहुने सुरुङा जेसीजका संस्थापक अध्यक्ष लीला िचिमरियाले जानकारी दिए । चिमरियाका अनुसार नेपाल जेसीजका पूर्व अध्यक्षहरु सीनेटरहरु डा दिपक शाक्य,महेश दाहाल, डा प्रकाश केशीले प्रशिक्षण प्रदान गर्ने छन् ।
्नेपाल जेसीज एरीया ए का २६वटा शाखावाट ४० देखि ४५ जनाको प्रशिक्षणमा सहभागिता रहने सुरुगां जेसीजका अध्यक्ष जनक कार्कीले वताए । महासचिव भीम भट्टराईका अनुसार प्रशिक्षक प्रशिक्षणमा सहभागीहुन चाहानेले तत्काल नाम लेखाउन सक्नेछन् ।
नेपाल जेसीजका उपाध्यक्ष एवम् वीरता जेसीजका निर्वतमान अध्यक्ष सीनेटर भेषराज भण्डारी प्रशान्त नेतृत्व र व्यक्तित्का साथै कुशल प्रशिक्षक वन्न टट फलदायी हुने वताउछन् ।