सांसद साँवाले काडमाडौंबाट दुई सय जनाको उद्धार गरी घर पठाए

0
886

काठमाण्डौ,

झापा निर्वाचन क्षेत्र नम्बर ४ प्रतिनिधि सभाका सांसद एलपी साँवा लिम्वुले १ महिना लामो लकडाउनका कारण काठमाडौंमा वेहाल भएका दुई सय सर्वसाधरणलाई उद्धार गरेर झापा पठाएका छन् ।

अस्पतालमा उपचारका लागि गएका, विद्यार्थी र देश भ्रमणमा रहेका झापा निर्वाचन क्षेत्र नम्बर ४ का सर्वसाधरणलाई सांसद साँवाले शनिबार राती १ बजे झापा पठाएका हुन् । सांसद साँवाका स्वकीय सचिव सिकीन पासवानका अनुसार ६ वटा सार्वजनिक यातायातका बसमा २०० जना सर्वसाधरण झापा आउदैछन् ।

सांसद साँवाले काठमाडौंका विभिन्न क्याम्पसमा अध्ययन गर्ने विद्यार्थीलाई पनि उद्धार गरेका छन् । बन्दा बन्दीका कारण बेखर्ची बनेका उनिहरुलाई स्थानीय पालिकाको समन्वयमा सांसद साँवाले उद्धार गरेका थिए । झापा गाँउपालिका, शिवसताक्षी नगरपालिका, कनकाई नगरपालिका, गौरादह नगरपालिका वडा नम्बर ९ र गौरीगञ्ज गाँउपालिका वडा नम्बर १ र २ का सर्वसाधरण सांसद साँवाको सक्रियतामा घर आउन पाएका छन् । घर आएका मध्ये झापा गाँउपालिकाका सर्वसाधरण धेरै छन् ।

साँसद साँवाको उद्धारकार्यमा रोषन लिम्बू, कमल सापकोटा, मिलन कट्टेल, बेदु उप्रेती, गोविन्द भारती लगायतले सघाएका थिए । काठमाडौबाट उद्धार भएका अधिकाँस सामाजिक संजाल फेसबुकको स्ट्याटसबाट जोडिएका थिए । सांसद साँवाले झापावासीको अभिभावकत्व ग्रहण गरेको उद्धार भएका मध्ये एकले बताएका छन् ।

झापा गाँउपालिकाका विद्यार्थी अमित विष्टले भने,‘पटक पटक घर जान हामीले प्रयास गरेका थियौं । पैदल सम्भव थिएन । यातायातका साधन लकडाउनले चल्न सकेका थिएनन् । साँसद साँवाले हाम्रो उद्धार गर्नुभयो ।’ सांसद साँवाले काठमाडौमा बेखर्ची बनेका झापा निर्वाचन क्षेत्र नम्बर ४ का सर्वसाधरणलाई निशुल्क झापा ल्याउने तयारी गरेका थिए ।

तर, अपेक्षा गरे भन्दा धेरै सर्वसाधरण घर फर्कने भएपछी साविककै भाडा दरमा यातायात व्यवसायीले सर्वसाधरणलाई स—शुल्क घर ल्याएका हुन् । साँसद साँवाले जिल्ला प्रशासन कार्यलय झापा, काठमान्डौ र झापा निर्वाचन क्षेत्र नम्बर ४ का स्थानीय सरकार संगको समन्वयमा एक महिना देखी काठमान्डौमा अलपत्र बनेका झापाली घर आएका हुन् ।

झापा निर्वाचन क्षेत्र नम्बर ४ का अझै २ सय ५० सर्वसाधरण काठमाण्डौमा घर फर्कने तयारीमा छन् । यातायातका साधन नपाएका कारण पहिलो चरणमा २ सय पठाईएको सांसद साँवाले बताएका छन् । उनिहरु पनि सोमबार सम्ममा घर पुग्ने गरी तयारी भईरहेको सांसद साँवाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here