डुवेर एक महिलाको मृत्यु

0
485

विर्तामोड,साउन १६ । झापाको अर्जुनधार – ९ मा आज दिउसो खेतमा जमेको पानीमा डुव्दा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अर्जुनधार – ९ शनिश्चरे स्थित कञ्चनवारीकी ३४ वर्षीया महिला जमुना पौडेल रहेकी छिन् । उनको घर नजिकै रहेकोे खेतमा खाफन्तलाई खाजा पु¥याउन गएका वखत लडेर पानी डुव्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।