कोभिड – १९ पशुपतिनाथको भरोसा

3
1981

 

kopila basnet
                           कोपिला खड्का वस्नेत

विगत चार महिनादेखि विश्वका कयौं देशहरुमा कोरोना भाइरस कोभिड– १९ नामक महामारी फैलिएको छ । चीनको बुहान नामक शहरदेखि शुरु भएको महाभारीमा आजसम्म झण्डै दुईलाखको हाराहारीमा मानिसको मृत्यु भएको छ । यसको संक्रमणबाट लाखौ मानिस संक्रमित भएका छन् । यस महामारी कोरोना भाइरसको कुनै औषधि छैन । यसको एक मात्र विकल्प मानिसको सर्तकता, धैयर्ता, सचेतना नै हो । यो संक्रमण मानिसदेखि मानिसमा सर्ने भएको हुँदा व्यक्तिगत दूरी सबैभन्दा उपभुक्त उपाय हो ।

यो संक्रमणले स्वास प्रस्वासमा सबैभन्दा बढी असर गरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका वृद्ध–वृद्धा, विरामी ब्यक्तिहरुलाई बढी आक्रमण गर्छ । यो संक्रमण संक्रमित व्यक्रिको ¥यालबाट सर्ने गर्दछु । त्यसैले यो रोगको संक्रमणबाट बच्न सावुन पानीले हात धुने बानी गर्नु पर्दछ । रुगा खोकी लाग्दा मास्कको प्रयोग गरी अन्य व्यक्तिबाट टाढा रहने गर्नु पर्दछ ।

यो कोरोना भाइरस चीनको बुहानमा फैलिइ रहँदा हाम्रा धेरै नेपाली दाजुभाई दिदी वहिनीहरु त्यहाँ त्रसिद भइरहेको थिए । आफ्नो जन्म भूमि आउन सरकारलाई घच्घच्याउँदा १७५ जना वुहानबाट काठमाडौं आई १४ दिनसम्म क्वारेन्टाइनमा बसे । सबैको स्वास्थ्य परीक्षण सकारात्मक आएपछि हामी ढुक्क भएका थियौ । यसरी नै सरकारपनि हाम्रो देश भित्र संक्रमण यति चाँडो फैलन्छ भन्ने सन्देहमा थिएन । यस कुराको पुष्टि सरकारले जुटाएको साधना श्रोतको तयारीले नै थाहा हुन्छ । त्यक्तिमात्र नभएर सरकार कोरोना भाइरसको संक्रमण गरीव राष्ट्रमा आउँदैन भन्ने सोचमा बसेको थियो । त्यही भएर हवाई मार्गको आवत जावत सुचारु नै रह्यो । तर, फ्रान्सबाट नेपाल आएकी एक युवतीमा संक्रमण देखिपरेपछि सरकारको होस खुल्यो । सरकारलाई संक्रमणको चिसो संकेतको आभाष भएपछि गरीव , निमुखा, मजदुर, विद्यार्थी आम मानिस बेखवर रहेका वेला, चैत ११ गते देश लकडाउन (बन्दाबन्दी) मा गएको सूचना ग¥यो । कसैले कुनै मेलोमेसो आफ्नो घर गाउँ कतै पुगौं है भन्न नपाई यथास्थानमा बस्न बाध्य भयौं ।

यस्तो असहजता अनि कठिनाइमा पनि मानिसले धैर्यधारण गरेको देखिन्छ । नेपालमा कोरोनाको संक्रमण लकडाउनको शुरुका दिनसम्म ज्यादै कम रहेको थियो । हामी सशंकीत हुँदै कति जनामा संक्रमण देखा प¥यो भन्दै समाचार हेर्न र सुत्न तल्लिन भयो ।

पहिलो सातासम्म ९ जना मानिसमा संक्रमण देखा प¥यो भनिरहँदा हामीले आकास तिर हेर्दै श्री पशुपतिनाथले हामीलाई रक्षा गर्नुभयो । हाम्रो आँत दरो छ । त्यसमा पौष्टिक खानेकुरा पकाएर खाएको भन्ने कुरा गह्यौं । हामी शिव भगवानको अथाह शक्ति अनि हिन्दू सनातन धर्मको होमादीले पनि वायुमण्डल पवित्र भएको भन्न थाल्यौं । होला धार्मिक आस्था विश्वास आफ्ना ठाउँमा छन् । के विश्वका ति संक्रमणग्रस्त देशका मानिसका भगवान थिएनन् ।

 

ति मानिस र हामीमा के फरक छ । काटे रातो रगत नै आउँछ । यि सवै अन्धविश्वास संक्रमणले नच्यापोस भन्ने आशा भित्रको विश्वास हो । आखिर विस्तारै भारतबाट आएका मुस्लिम समुदाय भित्र रहेको कोरोनाको संक्रमण उदयपुरको मस्जिदमा बसेका मानिसमा देखियो । त्यसैगरी विदेशकाट आएका युवामा पनि देखिएको संक्रमणको संख्या जोड्दै गर्दा आजसम्म ४९ जना पुगेको छ ।

यि माथि बढ्दै गरेको संख्याले हाम्रो देशमा यो कोभिड – १९ को संक्रमण समुदायमा फैलिरहेको छ भन्ने हुन्छ । हामी अझैं सचेत हुन जरुरी छ । यो मानिसबाट मानिसमा सर्ने हुनाले जति मानवीय शारीरिक दूरी बनाइन्छ त्यक्ति नै संक्रमणलाई रोक्न सक्छौं । यसो भनिरहँदा हामी लकडाउनबाट आजित भई मेलापात, कारोवार, सामाजिक धार्मिक रितीरिवाज र संस्कारलाई संचालन गर्न कतिपय अवस्थामा पछि पर्दैनौं । हामीले यति जावो काम गर्दा के पो भइहाल्छ भन्ने संस्कृतिको विकास पनि छ । तर हामीले धेरै सावधानी र सर्तकता अपनाई सकेसम्म लकडाउनको पालना गरौं ।
संसरका धेरै देशहरुले मानवीय दूरी बढाए, घर भित्र बसेर नै यो महामारीलाई कम गरेको उदाहरणहरु हामीले सुनिरहेका छौं । आज अष्टे«लिया, दक्षिण कोरिया, चीन विस्तारै इटली, इरान , जर्मन आदि देशहरुले लकडाउनलाई धेरै भन्दा धेरै पालना गरेको परिणाम संक्रमण घट्दो अवस्थामा छ । त्यहाँका सरकारले आफ्ना जनताको स्वास्थ्य परीक्षण गरिरहेको छ । मानिसहरु सचेत भई सामाजिक दूरी कायम राखेका छन् । नियम उल्लङ्घन गर्नेलाई सरकारले जरिवाना गराएको छ । प्रविधि र आधुनिकताको रहेक सुविधाका वावाजुद ति शक्ति सम्पन्न देशका जनताहरु लकडाउनलाई आफ्नो लागि हो भन्दै संयमता अपनाएर बसेका छन् ।

एकतिर विश्वका कयौं देश लकडाउनलाई पालना गरी महामारीलाई घटाउँदै लान सफल भएका छन् भने विश्वको ठूलो शंक्ति सम्पन्न देश अमेरिका भने सबैभन्दा बढी संक्रमणग्रष्त राष्ट्र भएको छ । त्यहा संक्रमणबाट मृत्यु दरपनि बढी छ भने संक्रमित पनि बढी छन् ।

 

आज यि शक्तिसम्पन्न राष्ट्रहरुको अवस्थाबाट पाठ सिक्दै हाम्रो सिमित साधन श्रोतबाट जनताको आत्मविश्वास जोगाई जीवन रक्षाको सक्दो कोसिस गर्दै अघि बढ्न प्रेरित गराउन सक्नु पर्छ । जनतामा निरास र हतास हुने वतावरण सरकारले पु¥याउनु हुँदैन ।

तर आज धेरै जनात नाङ्गो खुट्टाले सयौं किलोमिटर हिँडेर आफ्नो घर आँगन पुग्न आत्तिएका छन् । अनिश्चित लकडाउनको मारले भोक प्यास अनिकालको संन्त्रासले गन्तव्य पुग्न खोज्दा सरकार सहयोगी होइन बाधक बनिरहेको छ ।

अनि सर्बाेच्च अदालतको आदेश पछि मात्रै ति पैदल यात्रीहरुको गन्तव्यसम्म पुग्ने सपना साकार भएको भन्नु पर्ला । यस्तो घडीमा सरकारले जनतालाई हतास बनाउने होइन वरु राहत र सहयोगको नयाँ माध्यम ल्याउन उपयुक्त हुनेछ । आज गाँस, वास र कपासको टुङ्गो लगाई भोलि अनिश्चित भविश्य छ भन्ने डरलाग्दो समयमा सरकारले अभिभावकको भूमिका खेल्नु पर्छ ।

त्यसैले आजको आबश्यकता भनेको जनता र सरकारबीचको विश्वार र समझदारी हो । हामी जति सचेत भई सावधानी अपनाउछौं यो महामारीलाई त्यक्ति नै रोक्न सकिन्छ ।

यो लकडाउनको पालना सर्तकपूर्ण भई गरौं भगवानले हाम्रो रक्षा गर्नु हुन्छ भन्ने विश्वास गर्दै आफू बढी सचेत र सजग भै यो संक्रमण कोभिड – १९ विरुद्ध लड्न एकजुट हौं ।

लेखकः अधिवक्ता हुन् ।

 

3 COMMENTS

  1. राम्रो लाग्यो भाउजू को चेतना मुलक लेख सबै जना मिलेर पालना गरौ । सरकार को पनि ध्यान पुगोस।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here