रोङ सेजुम ठीको ३१ हजार सहयोग

0
1036

गणेश अर्याल / इलाम,

इलामको रोङ गाउपालिकाले बर्तमान कोभिड १९ बिपदको अवस्थामा आर्थिक तथा भौतिक सहयोग गर्न आवहान गरेपछि रोङ सेजुम ठीले रु ३१ हजार आर्थिक सहयोग गरेको छ ।

रोङ से जुमठी रोङका अध्यक्ष दावा लेप्चा र सचिब बिरबहादुर लेप्चाले गाउपालिका अध्यक्ष समसेर राईलाइ भेटेर सो रकम हस्तान्तरण गरेका हुन् । रोङ सेजुमठीको वडा इकाइ समिति मार्फत प्रत्येक लेप्चाको घर बाट प्रतिघर न्युनतम १०० रुपैया भन्दा माथि स्वेच्छिकरुपमा संकलन गरेर रकम जम्मा गरेको रोङ सेजुम ठी का अध्यक्ष दावा लाप्चाले बताउनु भयो ।

हस्तान्तरण गर्न आयोजित सक्षिप्त कार्यक्रममा गाउपालिका उपाध्यक्ष चन्द्रकला राई, प्रमुख प्रशासकीय अधिकृत प्रदिप गौतम, वडानम्बर ५ का वडा सदस्य तीर्थराज ढुङगेल लगायतको उपस्थिति रहेको थियो । गाउपालिकालाइ बिपदको अवस्थामा सम्झेर सहयोग गरेकोमा जातीय सस्था रोङ से जुम ठीलाइ धन्यबाद ब्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here