बिर्तामोड खानेपानीको महशुल घरवाटै तिर्न सकिने

0
1051

बिर्तामोड ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सदस्यहरुले अव घरमा नै बसेर खानेपानिको महशुल भुक्तानी गर्न पाउने भएका छन् ।

बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले आइतबारदेखि अनलाइन बिल भुक्तानीको शुरुवात गरेसंगै उनीहरुले यस्तो सुविधा पाउने भएका हुन् । संस्थाका उपभोक्ताको चाहना र हितलाई ध्यानमा राखेर अनलाइन बिल भुक्तानीको शुरुवात गरेको संस्थाका संस्थाका सचिव मेघराज बाँस्तोलाले जानकारी दिए ।

विश्वमै महामारीको रुपमा देखिएको कोरोना भाइरसको संक्रमणवाट सरकारले गत चैत ११ गतेदेखि शुरु गरेको लकडाउनमा समेत घरमै वसेर खानेपानिको महशुल भुक्तानी गर्न सजिलो हुने उनले बताए ।

उनले फोन पे नेटवर्क, कनेक्ट आइपीएस, खल्ती, इसेवा, क्युआर कोड पेमेन्ट र वालेट इन्टिग्रेसन जस्ता मोवाइल एप्सहरुबाट महशुल भुक्तानीको व्यवस्था मिलाइएको बताए । कुनै पनि एप्सभित्र मर्चेन्ट सेवामा गएर बिर्तामोड साना शहरी खानेपानी खोज्ने र आफ्नो ग्राहक नम्बर इन्ट्री गरेपछि आफ्नो वक्यौता बील देखिने व्यवस्था मिलाइएको उनले जानकारी दिए ।

अनलाइनवाट महशुल बुझाउँदा अधिकांश ग्राहकले जरिवानासहितको महशुल नै इन्ट्री हुने जानकारी गराउँदै उनले देशभरका खानेपानी आयोजनाहरु तथा महासंघसमेतको निर्णय पछि उक्त जरिवाना रकम आगामी बीलमा समायोजन गरिने जानकारी दिए । समयमा नै महशुल भुक्तानी गर्दा ग्राहकले पाउने रिवेटको सुविधा निर्वाधरुपमा पाउने उनले जानकारी दिए ।

आफ्नै मोवाइल वालेटमार्फत् बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपबाट अनलाइनमार्फत् बिल भुक्तानीको सेवा सुरु गरेपछि अब खानेपानीका उपभोक्ताले महशुल बुझाउन पैसा बोकेर कार्यालय पुगिरहनुपर्ने झन्झटको अन्त्य भएको वताउँदै सचिव वाँस्तोलाले अनलाइनवाट महशुल वुझाउन नजान्ने ग्राहकले कार्यालयमै आएर खानेपानिको महशुल वुझाउन सकिने जानकारी दिए ।

संस्थालाई प्रविधिमैत्री वनाउँदै लैजाने उद्धेश्य अनुरुप अनलाइन बिल भुक्तानीको सेवा शुरु गरेको र यसलाई निरन्तरता दिइने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here