चिप्लिएर लड्दा इलाममा एक जनाको मृत्यु

0
952

इलाम।

इलामको फाकफोकथुम–३ सल्लेरी बस्ने ४० बर्षीय रामबहादुर लकान्द्रीको चिप्लिएर लड्दा मृत्यु भएको छ ।

आज दिउँसो पउने १ बजे आफनै घर नजिकै रहेको जंगलमा सुँगुरको चारो काट्न जाने क्रममा ढुङगामा रामबहादुर चिप्लिएर लड्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको सम्बन्धमा अनुसन्धान शुरु भएको इलाम प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here