अर्काे आदेश नहुन्जेलसम्म बाह्रदशी गाउँपालिका सिल

0
1544

बिर्तामोड, अर्काे आदेश नहुन्जेलसम्मका लागि बाह्रदशी गाउँपालिका शिल भएको छ । बाह्रदशी गाउँपालिका – ४ निवासी एक व्यक्तिलाई कोरोना संक्रमण पुष्टि भएसंगै गाउँपालिकाले थप सर्तकता अपनाउँदै गाउँपालिका शिल भएको हो ।


गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको अध्यक्षतामा बसेको बैठकले गाउँपालिकालाई शिल (आवतजावल गर्न निषेध ) गर्ने निर्णय गरेको हो । संघीय सासद राजेन्द्र लिङ्देनको समेत सहभागीतामा आज गाउँपालिकामा सम्पन्न बैठकले गाउँपालिकाको पूर्ब तर्फ कञ्चनगढ, पश्चिममा विरिङ खोला, उत्तरमा पाख्रिवास र दक्षिणमा राधानगर(घाग्रा खोला) सम्मको चारकिल्ला भू– भाग शिल गर्ने निर्णय गरेको गाउँपालिकाका सूचना अधिकारी चेतनाथ न्यौपानेले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष राजवंशीकै अध्यक्षतामा निषेधित क्षेत्रको समन्वयका लागि ९ सदस्यीय समिति समेत गठन भएको छ । गाउँपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशी, वडा नम्वर ३, ४ र ५ नम्वर वडाका वडाअध्यक्षहरु, नेपाल रेडक्रस सोसाइटीका पदाधिकारी सदस्य रहने गरी समिति गठन भएको सूचना अधिकारी न्यौपानेले बताउनुभयो ।
नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगी जमातको हेडक्वाटरमा भएको धार्मिक सभामा सहभागी भएर घर फर्किएको ४५ दिनपछि उनमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।
आइतबार विराटनगरको कोशी अञ्चल अस्पतालमा गरिएको पीसीआर परीक्षण्का क्रममा ५० वर्षीय उनमा कोरोना संक्रमणको पुष्टि भएसंगै गाउँमा त्रास फैलिएको छ । गत मार्च १ देखि १५ मार्चसम्म चलेको सभामा सहभागी हुन उनी मार्च ३ गते दिल्ली पुगेका थिए । मार्च ११ मा घर फर्किएका उनको यस अघि दुई पटक आरडीटी परीक्षण गर्दा कोरोना संक्रमण देखिएको थिएन ।
उनको गत बैशाख ४ पहिलो पटक र शनिवार मात्रै दोस्रो पटक आरडीटी परीक्षण गरिएको थियो ।
यो संगै झापामा कोरोना संक्रमितको संख्या दुई पुगेको छ । यस अघि बैशाख १२ गते दमक निवासी ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
कोरोना संक्रमणको पुष्टि भएसंगै दमक नगरपालिकाले समेत उच्च सर्तकता अपनाएको छ । –––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here