जनता लिन अध्यक्ष काठमाण्डौमा

0
1832

गणेश अर्याल / इलाम,

बन्दाबन्दीको कारण काठमाण्डौमा रहेका रोङबासीलाइ लिन इलामको रोङ गाउपालिकाका अध्यक्ष राजधानी लागेका छन् ।

बिभिन्न कामको सिलसिलामा राजधानी रहेकाहरुलाइ गाउपालिकाले फर्काउन लागेको हो । कोभिड १९ महामारीको रुपमा फैलिएकाले आफ्ना नागरिक लाइ गाउ फर्काउन लागेको गाउपालिका उपाध्यक्ष चन्द्रकला राईले बताइन् ।

सोमबार बिहान राजधानी लागेको टोलीमा गाउपालिका अध्यक्ष शमसेर राई सहित स्वास्यकर्मीहरु नरेन्द्रकुमार देब, खगेन्द्र खतिवडा र गजेन्द्र अधिकारी रहेका छन् ।

गाउपालिकाका १२४ जनालाइ यो पटक रोङमा ल्याउने तयारी भएको छ । ३ वटा बसमा मंगलबार बेलुका काठमाण्डौ बाट रोङ बासीलाइ ल्याउने सबै तयारी भइसकेको उपाध्यक्ष राईले जनाएकी छिन । घर आउन चाहने रोङबासीले गाउपालिकाले बनाएको क्वारेन्टाइनमा १४ दिन सम्म अनिबार्य बस्नु पर्ने जनाइएको छ ।

पछिल्लो ३ दिनमा इलाम फर्कने नागरिकहरु बस तथा सानो गाडीमा जिल्ला पसिरहेको जनाइएको छ । दैनिक ५ देखि १०वटा सम्म बसमा मानिसहरु इलाम झापा सिमाना जोरकलशबाट उकालो लाग्ने गरेको जनाइएको छ । जिल्ला प्रशासन कार्यालय इलाम र जिल्ला समन्वय समितिले अन्य जिल्लाको मानिस नल्याउने निर्णय गरेपनि मानिस मानिस फर्कने क्रम भने रोकिएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here