लकडाउनको समयमा नेता सिटौलाले गराए छोरोको बिहे, जन्ती चार जना मात्रै

0
760

बिर्तामोड ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाका एक्ला छोरा श्यामप्रसाद सिटौलाको विवाह भएको छ । आइतबार अक्षय तृतीयाका दिन बिर्तामोडकी मनिषा विमलीसँग श्यामले बिहे गरेका हुन् ।

सिटौलाले लकडाउनका बीच सामाजिक दूरी कायम गरी छोराको बिहे सम्पन्न गराएका हुन् । तीन महिनाअघि हिजोका लागि बिहे मिति तोकिएकोले पूर्वनिर्धारित लगनमै बिहे गरेको सिटौलाले बताए ।

सिटौलाका अनुसार आफूसहित चार जना जन्ती र दुलहा एउटा गाडीमा गएको र दुलहीका घरमा पनि १० जनामात्रै भेला भएका थिए। जन्ती गएकाहरूको मुखमा मास्क र हातमा सेनिटाइजर लगाइएको थियो ।

सिटौलाले छोरोको बिहे खर्चवापतको रकम आफ्नो निर्वाचन क्षेत्रका स्थानीय तहको कोरोना राहत कोषलाई हस्तान्तरण गरेका बताए । झापाका विर्तामोड नगरपालिका, भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका, बाह्रदसी गाउँपालिका र हल्दिवारी गाउँपालिकालाई समग्रमा पाँच लाख राहत रकम दिइएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here