मेची उद्योग बाणिज्य संघले सर्वसुलभ मुल्यमा खाद्यन्न उपलब्ध गराएपछि उपभोक्ताको आकर्षण

0
1081

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

झापामै पहिलो पटक मेची उद्योग बाणिज्य संघले शुरु गर्यो सर्वसुलभ मुल्यमा खाद्यन्नको विक्री अभियानप्रति यतिखेर उपभोक्ताकोे आर्कषण बढ्न थालेको छ ।

लकडाउनको मौका छोपेर व्यपारीले दैनिक उपभोग्य सामग्रीमा मुल्य बृद्घि नगरुन र उपभोक्ताले समेत सर्वसुलभ मुल्यमा आफ्नै घर आगनमा उपभोग्य सामग्री प्राप्त गरुन भन्ने उद्घेश्यले १३ गतेदेखि संघले आफै घरदैलो अभियान शुरु गरेको थियो । बजार मुल्यभन्दा झण्डै १५ देखि २० प्रतिशत कम मुल्यमा संघले उपभोक्तालाई खाद्यन्न सामाग्री उपलब्ध गराउदैं आएको छ ।

संघले बजारको पहुँचदेखि टाढा रहेका उपभोक्ताहरु समक्ष खाद्यन्न सामग्री पुर्याउने लक्ष्यका साथ इलामको जिर्मले र झापा मेचीनगरकोे सीमा वडानम्बर १ बाट अभियान शुरु गरेको वरिष्ठ उपाध्यक्ष मोहन निरौलाले बताए । कार्यकारिणी सदस्य दीपेन्द्रराज पाण्डेका अनुसार अभियान अन्तर्गत दैनिक १ देखि १ लाख ५० हजाररसम्मकोे कारोववार हुने गरेको छ । तीनदिनमा झण्डै साढे चारदेखि पाच लाख रुपैययाँसम्मको कारोेवार भएको पाण्ण्डेको भनाई छ ।

संघले सोझैै विभिन्न खाद्य उद्योगबाट सामान खरिद गरेका कारण सस्तो परेको र उपभोक्तालाई पनि सहुलियत मुल्यमा सामान विक्री गरेका कारण उपभोक्ताहरुकोे आर्कषण पनि संघको अभियानतर्र्फ बढेको संघका सचिव रविचन्द्र नेपालले जानकारी दिए ।संघले आफ्नो लागत मुल्यमा प्याकेजिङ र ढुवानी खर्च जोडेर सर्वसुलभ मुल्यमा ती खाद्यन्न विक्री गर्ने कार्यमा वरिष्ठ उपाध्यक्ष निरौलाको नेतृत्वमा सचिव नेपाल तथा कार्यकारिणी सदस्य पाण्डेसहितका पदाधिकारीहरुलाइई जिम्मेवारी दिएको छ । संघले चामल, तेल, चिनी, नुुन, दाललगायतका सामान उपभोक्ताकोे घरदैलोसम्म पुर्याउदै आएको छ । सामाजिक दुरी पालना गरेर संघले आफ्नो कारोेवार सञ्चालन गरेकोे सदस्य पाण्डेले बताए । संघले अभियान अन्तर्गत मन्सुली चामल ३० केजीको १ हजार ४ सय, जीरा मसिनो २० केजीको १ हजार ३ सय ६० , जुनेली चामल ३० केजीको १ हजार ६ सय २५ रुपैयाँमा उपलब्ध गराउदै आएको पाण्डेको भनाई छ ।

चीनी प्रति केजी ८० रुपैयाँ, दाल प्रति केजी १ सय १५ रुपैैयाँ,सनफ्लावर तेल प्र्रति लिटर १ सय ७० रुपैयाँ,तोरीको तेल प्रति लिटर १ सय ८५ रुपैैयाँ, आटा ५ केजीको ३ सय रुपैैयाँ २ केजीको १ सय ३० रुपैैयाँ, नुन प्रति पाकेट २० रुपैयाँका दरले उपलब्ध गराउदै आएको संघको भनाई छ । बजारमुुल्यको तुलनामा योे मुल्य निक्कैै कम भएको र घर आगनमै उपभोक्ताले सामान प्र्राप्त गर्न पाउने भएकाले अभियानप्रति सवै सकरात्मक भएको पाण्डेले बताए ।

सवै सामान संघले प्याकेजिङ गरेर वस्तु ट्रकमा हालेर लैजाने गरेको छ । ग्रामीणक्षेत्रका उपभोक्ताहरुलाई लक्षित गरेर संघले जिल्लामै पहिलो पटक यो अभियान शुरु गरेको हो । पहिलो चरणमा मेचीनगरको १ देखि ४ सम्मका वडामा पुर्याउने, त्यसपछि वडानम्बर ७ र १५ लगायत बजारको पहुँचदेखि टाढा रहेका उपभोक्ताहरु समक्ष पुर्याउने लक्ष्य लिएको भएपनि अहिले सम्म वडानम्बर १ मै अभियानले निरन्तरता पाइरहेको छ । त्यहाँ छिमेकी जिल्ला इलाम विभिन्न पालिकाबाट समेत सामान खरिदका लागि उपभोक्ता आउने गरेका छन् । उपभोक्ताहरुले भने निकट भविष्यमा समेत यो अभियानलाई निरन्तरता दिन संघसँग आग्रह समेत गरेका छन् ।

संघले अभियानका लागि यसअघि नै ५० टन चामल, ५ टन दाल २ ÷२ सय केजी सेलो र तोरी खानेतेल, १० हजार केजी आटा, १ सय टन आयोडिनयुक्त नुन भण्डारण गरिसकेको संघका उद्योग उपाध्यक्ष किशोर क्षेत्री कपिलले जानकारी दिए । देशको विषम परिस्थितीमा उपभोक्ताहरुले खाद्यन्नको अभाव व्योहोर्नु नपरोस र विचौलियाका कारण ठगिनु नपरोस भन्ने उद्घेश्यले पनि संघले यो कदम उठाएको अध्यक्ष ऋषिराज तिम्सिनाको भनाई छ ।

लकडाउनका कारण अहिले हरेक पसलहरु बन्द छन्, यस्तो अवस्थामा उपभोक्ताहरुले आफुले खोजेका मालवस्तु घरघरमैै सर्वसुलभ मुल्यमा सहजै पाउन थालेपछि खुुशी समेत व्यक्त गरेका छन् । विश्वभर आतंकका रुपमा रहेको नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन र नियन्त्रण गर्ने उद्घेश्यले नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण सर्वसाधारणको दैनिकी असहज बनिरहेका बखत संघको यो अभियानले उपभोक्ताले समेत केही राहत महशुस गरेका छन् ।

यसअघि संघले विश्वव्यापी महामारीको रुपमा फैलिदैं आएको नोवल कोरोना भाइरस कोभिड १९ का कारण देश लकडाउनका अवस्थाबाट गुज्रिरहेको अवस्थामा मेचीनगर क्षेत्रमा खाद्यन्न तथा सागसब्जी आपूर्ति एवम् ढुवानी कार्यमा संघमा सूचीकृत भएका सवारी साधनलाई घर घरमा पुगेर सागसब्जी विक्री वितरण गर्न अनुमती दिएको थियो । अहिले संघले आफै खरिद गरेर आफै विक्री गदैं आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here