क्लबद्वारा गाउँपालिकालाई एक लाख बढी राहत सहयोग

0
816

युद्धबहादुर बोहोरा / पाँचथर,

फाक्तेप युथक्लब (पिवाइसी)द्वारा जिल्लाको दक्षिण पूर्वी फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिकाको राहत कोषमा एक लाख रुपैयाँ भन्दा बढी राहत सहयोग गरेको छ।

विश्व माहामारी कारण प्रभावित भइ दैनिक ज्याला मजदुरी गरेर खाने तथा अतिविपन्न परिवारलाई एकद्वारा प्रणाली मार्फत राहत प्रदान गर्ने उदेश्यले सहयोग गरिएको क्लब अध्यक्ष पञ्चकुमार चेम्जोङले जानकारी दिए।

फाल्गुनन्द गाउँपालिकालाइ जिन्सी सहयोग १२ क्विन्टल आधा चामल र मिक्लाजुङ गाउँपालिकालाई ५० हजार रुपैयाँ नगद हस्तान्तरण गरिए संगै पालिकाले धन्यवाद पत्र प्रदान गरेको छ।

“एकीकृत विकासको अभियान”सहित फाल्गुनन्द-५,फाक्तेपमा २०७३ सालबाट आधिकारिक दर्ता भइ संचालन भएको यस संस्थाले हरेक क्षेत्रमा सहयोग गर्दै आएको अध्यक्ष चेम्जोङले बताए।

क्लबको सकृयतामा देश तथा विदेशबाट आर्थिक सहयोग संकलन गरि खेलकुद,रंगशाला निर्माण,सामाजिक कार्य, विकास निर्माणका काम,दैवीप्रकोप,अनाथ,अपाङ्ग,कमजोर आर्थिक अवस्थाका परिवारलाई सहयोग तथा उपचार खर्च लगायतमा सहयोग गर्दै आएको उनको भनाइ छ।

हाल महामारीको समय गाउँपालिकाको राहत कोषलाई थप सहयोग पुराउने उदेश्यले यस क्लबले पनि राहत कोष स्थापना गर्ने निर्णय गेरेको छ।

लकडाउनको समयमा बैंक खाता खोल्न असहज भएको हुँदा इच्छुक सहयोग दाताले मोबाइल नम्बर ९८२३१८५०९४,९८४१६५१२२०, ९८२५९५७१२८, ९८२४०९४८९४,९८०३०२७००५ सम्पर्क गरि सहयोग गरिदिन संस्थाले आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here