अध्यक्षलाई नागरिक फर्काउन समस्या

1
1654

गणेश अर्याल /इलाम,

 


आफ्ना नागरिक लिन काठमाण्डौ पुगेसगै इलाम रोङ गाउपालिकाका अध्यक्ष सम्सेर राई बिबादमा परेका छन् ।
सर्बपक्षीय बैठकले राजधानी तथा अन्य जिल्लामा रहेका आफ्ना नागरिक ल्याउने निर्णय गरेर काठमाण्डौ गएका भएपनि अध्यक्ष जादा जादै बिबादमा परेका हुन् ।

सर्बपक्षीय भेलामा छलफल र सहमती भएपनि कार्यपालिकाको बैठकले निर्णय गरको थिएन । कार्यपालिकाको निर्णय नभइ काठमाण्डौ जानु र काठमाण्डौको नागरिक फर्र्काएर ल्याउन नसक्ने अवस्था भएपछि गाउपालिका अध्यक्ष चर्चा र बिबादमा आएका हुन।

सर्बपक्षीय बैठकमा छलफल भएपनि जाने बेलामा समन्वय नभएको प्रदेश सभा सदस्य काजीमान कागतेले बताए । कानुनी राज्यमा कानुन सम्बत जानु पर्नेमा आफू खुसी हिडेर गाउपालिका अध्यक्षले गरेको काम आफूलाइ ठिक नलागेको प्रदेश सभा सदस्य कागतेले बताए । उनले बैठकमा आफूलाई बोलाएको र समन्वय गरेर ल्याउनु ठीक भएको सल्लाह दिएर बैठकबाट निस्किए पनि पछिल्लो अवस्थाको बारेमा आफूलाइ केही थाहा नदिइ काठमाण्डौ गएको थाहा पाएको उनले बताए ।

यता कार्यपालिका सदस्य वडानम्बर ५ का वडाध्यक्ष एव सामाजिक बिकास समितिका सम्योजक युवराज खाप्तुवा राई लाइ पनि अध्यक्ष काठमाण्डौ गएको थाहा नभएको बताए । कार्यपालिकाले निर्णय नगरेकाले र को को जाने कसरी जाने भनेर अध्यक्षले आफूलाइ नसोधेको उहाले बताए । जानु पूर्व प्रदेश सरकार, सघीय सरकार र जिल्ला प्रशासन कार्यालय सग समन्वय गरेको भए सजिलो हुने खाप्तुवाले बताए । उता नेकपा रोङका अध्यक्ष बृहस्पती खतिवडा पनि यो बिषयमा अनबिज्ञता प्रकट गर्छन ।

उता काठमाण्डौमा रहेका गाउपालिका अध्यक्ष राईले भने म काठमाण्डौ आउन कसैका निर्णय र अनुमती लिनु नपर्ने बताउछन् । कार्यपालिकाको बैठकले निर्णय नगरे पनि कार्यपालिकाका सदस्यहरुलाइ सोधेर नै आएको उनले बताए । ’सुरुमा स्वास्थ्यको टोली मात्रै काठमाण्डौ पठाउने भन्ने सोच भएपनि अभिभावकत्वको लागि म पनि काठमाण्डौ आउनु पर्ने भयो, अध्यक्ष राईले भने,’ यस्तो बेलामा मलाइ सोधेन भन्नु ठिक हो होइन उनीहरुलाइ नै सोध्नु’ ।

अध्यक्ष राईले भने गृह मन्त्रालयको पछिल्लो सूचना अनुसार पास नपाएर काठमाण्डौको मानिस फर्काउन नसकिने अवस्था भएकाले मैले उपाध्यक्ष चन्द्रकला राई र प्रमुख प्रशासकीय अधिकृत प्रदिप गौतमलाइ कार्यपालिका बैठक बोलाउन भनिसकेको छु । अध्यक्ष राइले भने , अब साच्चै समस्या भएकाहरुलाई म यहा नै चामल, तेल, नुन लगायतको राहत बितरण गर्छु र म फर्कन्छु ।

पछिल्लो समय इलामका सभासदहरु झलनाथ खनाल, सुबास चन्द्र नेम्बाङ सग पनि कुरा भइरहेको जानकारी दिदै अध्यक्ष राइले यही सूचना प्रवाह गरिदिन आग्रह गरेका छन् । यता कार्यपालिकाको बैठकको लागि सबै सदस्यहरु सग कुरा भइरहेको उपाध्यक्ष चन्द्रकला राईले बताइन् । जिल्ला समन्वय समितिको बैठकमा हाललाइ उतै ब्यवस्थापन गर्ने भन्दा भन्दै पनि गाउपालिका अध्यक्षआफ्ना केही सहयोगी र स्वास्थ्य कर्मीको टोली लिएर एक दिन अघि राजधानी पुगेका थिए ।

1 COMMENT

  1. यो समय भनेको आफ्नो जनतालाई कसरी हुन्छ सुरक्षित गर्नुु पर्ने समय हो । अध्यक्षले सुरक्षाका सवधानी अपनाएर ल्याउनु पर्छ । जनताको उद्वार गर्न पुगेका उनको कार्यलाई राजनीतिकरण गर्न आवस्यक छैन । सबै दल, टिम र जनताले साथ दिनु पर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here