सेवा निवृत्त कर्मचारी समाजद्धारा भद्रपुर नगरपालिकालाई आर्थिक सहयोग

0
703

भद्रपुर ।

भद्रपुर नगरपालिकाले स्थापना गरेको बिपत ब्यवस्थापन कोषमा सेवा निवृत्त कर्मचारी समाजले आर्थिक सहयोग गरेका छ ।

कोराना भाइसरले विश्वभर महामारीको रुप लिइरहेका बेला कोरोना बिरूद्ध लड्नका लागि भद्रपुर नगरपालिकालाई १० हजार पाँच सय रुपैंया आर्थिक सहयोग गरेको बताइएको छ । कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण रोजगारी गुमाएका अति विपन्न परिवारको गाँस जुटाउन समाजले सो रकम सहयोग गरेको हो ।

समाजका अध्यक्ष धनप्रसाद शिवाकोटी सहित रेखा अधिकारी , चेतनाथ भट्टराई ,अमर बहादुर कार्की, मेनका राय , बलदेव शाह लगायतको टोलीले भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठलाई रकम हस्तान्तरण गरेका थिए ।

समाजले दैनिक ज्यालादारीमा जीवन गुजारा गर्दै आएका श्रमिकको गाँस जुटाउन सामाजिक उत्तरदायित्व अन्र्तगत रमक हस्तान्तरण गरेको अध्यक्ष शिवाकोटीले जानकारी दिए । झापामा हाल सम्म दुई जना ब्यक्तिमा कोरोना संक्रमण फेला परेको छ ।

सरकारले गत चैत ११ गतेबाट गरेका लकडाउनका कारण दैनिक ज्यालादारी काम गर्नेहरुको आर्थिक अवस्था दयनीय बन्दै गएको र नगरपालिकाले उनीहरुका लागि राहत कार्यक्रम सञ्चालन गरिरहेकाले आफुहरुले पनि आर्थिक सहयोग गरेको अध्यक्ष शिवाकोटीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here