नेपाली सेनाले कोरोनाका कारण मृत्यु भएकाको शव कसरी व्यवस्थापन गर्ने विषयमा गर्यो पूर्व तयारीको प्रदर्शनी

0
1448

काँकरभिट्टा,

झापाको मेचीनगर १३ चारआलीस्थित नेपाली सेनाको नयाँ श्रीनाथ गणले मंगलबार नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएमा शव कसरी व्यवस्थापन गर्ने बारेमा प्रदर्शनी गरेको छ ।

यदि कसैको कोभिड १९ को संक्रमणका कारण कसैको मृत्यु भएमाशवलाई कसरी व्यवस्थित रुपमा ब्यवस्थापन गर्ने भन्ने विषयमा स्थलगत रुपमा प्रदर्शनी गरेको नयाँ श्रीनाथ गणका गणपति अमरजंग थापाले बताउनु भयो ।

कोरोना संक्रमित व्यक्तिको मृत्यु पश्चात अरु कसैलाई पनि संक्रमण नहोस भन्ने उद्घेश्यले विश्व स्वास्थ्य संगठनले तयार गरेको मापदण्ड अनुसार शव ब्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरुका बीच पूर्व तयारीका बारेमा अभ्यास गरेको गणपति थापाले बताउनु भयो ।

पूर्व तयारी अभ्यासमा १ नम्बर प्रदेशका १ आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, सामाजिक विकास मन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल सहित झापाका १५ वटा स्थानीय तहका प्रमुखहरु र प्रमुख जिल्ला अधिकारी सहभागि हुनुहुन्थयो ।

पूर्व तयारीका क्रममा नोवल कोरोना भाइरस कोभिड १९ को कारण मृत्यु भएका व्यक्तिका आफन्तले शव हेर्न चाहेमा दुई मिटर परै बाट हेर्ने वयवस्था मिलाउनु पर्ने र परिवारको संस्कार अनुसार नै अन्त्येष्टी कार्य गरिने भए पनि तालिम प्राप्त ब्यक्तिहरु सुरक्षा सामग्री प्रयोग गरेर मात्र शवलाई वयवस्थापन गर्ने भएकाले परिवारका मानिसले छुन नपाउने बताइएको थियो । आफ्नै संस्कार अनुसार अन्त्यष्टी गरिने भए पनि विश्व स्वास्थ्य संगठनले जलाउनु नै उपयुक्त हुने बताएको छ ।

लकडाउनका कारण भारतका बिभिन्न स्थानबाट नेपाल आउन चाहाने नेपालीहरुलाई नेपाल प्रवेश गराउँदा त्यसको कसरी व्यवस्थान गर्ने समेत गणले अभ्यास सहितको प्रर्दशनी गरेको छ । गणको परिसरमा भएको अभ्यासमा भारतबाट नेपाल भित्रिने नेपालीहरुलाई सिमानाकामा नै स्वास्थ्य परीक्षण गरेर उनीहरुको स्वास्थ्य अवस्थाका आधारमा क्वारेन्टाइन र आइसोलेशन वार्डमा पठाउने ब्यवस्था गरिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले बताउनु भयो ।

दुई देशका सरकारबीच सहमति भएर दुवै देशका नागरिकलाई आ आफ्नो देश लैजाने निर्णय हुने अवस्था आएमा सिमानाको जिल्ला भएकाले पुर्व तयारी गर्नु परेको जिसस झापाका प्रमुख पोर्तेलले बताउनु भयो । भारतबाट आउने नेपालीहरुका लागि भारतसंग सिमाना जोडिएका झापाका ६ वटा स्थानीय तहका १४ ठाउँमा राख्ने तयारी गरिएको चारआलीका गणपति थापाले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here