रोङ स्तरीय परिक्षाको नतिजा सार्बजनिक

0
1033

गणेश अर्याल / इलाम।

इलामको रोङ गाउपालिकाले पालिका स्तरीय परीक्षाको नतिजा सार्बजनिक गरेको छ । आज गाउपालिका स्तरीय परिक्षा समितिको बैठक बसी नतिजा सार्बजनिक गरिएको हो ।

कक्षा ८को परिक्षामा सामेल भएका जम्मा २ सय २५ जना बिद्यार्थी मध्ये शान्तिपुर माबि शान्तिपुरका अनिश चाम्लिङ राई ३ दशमलब ६९ जिपीए ल्याउदै रोङ पहिलो भएका छन् । त्यसैगरी शान्ति निकेतन कुटिडाँडाका निश्चल सुबेदी र शंकर आधारभूत बिद्यालय मार्सेका रुजा आचार्यले समान ३ दशमलब ६० जिपीए ल्याउदै रोङ दोश्रो भएको परिक्षा समितिका सदस्य सचिब एव रोङ गाउपालिका शिक्षा साखाका प्रमुख ज्ञान बहादुर कार्कीले बताए ।

त्यसैगरी कक्षा ५ को परिक्षाको पनि नतिजा आजै सार्बजनिक गरिएको छ । प्रकाशित नतिजा गाउपालिकाको वेभसाइड www. rongmun.gov.np मा गएर नतिजा हेर्न सकिने गाउपालिका शिक्षा साखाका प्रमुख कार्कील बताए । कक्षा ५मा भने १ सय ८७ जना बिद्यार्थी सहभागि भएका थिए । प्रकाशित नतिजामा डि प्लस भन्दा कम नतिजा ल्याउनेले माथिल्लो कक्षामा भर्ना हुन नपाउने तथा कुनै बिषयको नजितामा चित्त नबुझी पुन योग गर्न चाहेमा बिद्यालयको सिफारिसमा नगद रु ३ सय सहित साखामा सम्पर्क गर्न सकिने पनि शाखाले जनाएको छ ।

यसै बिच कक्षा ८ को प्रकाशित नतिजामा शंकर आधारभूत बिद्यालयबाट सामेल भएका सबै बिद्यार्थीले ३ जिपीए भन्दा माथी ग्रेड ल्याएका छन् । प्रकाशित ग्रेडसिट भने नेपाल सरकारले जारी गरेको लकडाउन खुल्ला भएपछि सम्बन्धीत बिद्यालयमा पठाइने पनि शिक्षा साखाले प्रकाशित गरेको सूचनामा जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here