थपिए कोरोनाका तीनजना बिरामी, संक्रमितको संख्या ५७ पुग्यो

0
606

काठमाडौं,

नेपालमा कोरोना भाइरस (कोभिड-१९) का तीनजना बिरामी थपिएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बारा र पर्साका तीनजनामा कोरोना भाइरस पुष्टि भएको हो। स्रोतका अनुसार संक्रमितमध्ये २ जना बाराका हुन् भने एकजना पर्साको वीरगञ्‍जका हुन्। यससँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ५७ पुगेको छ।

जसमा १६ जना निको भएर घर फर्किएका छन्। यी संक्रमितहरु वीरगन्ज-१६ स्थित इनरुवाका कोरोना संक्रमित व्यक्तिसँगै दिल्लीको मर्कजबाट फर्किएका थिए। यसअघि वीरगञ्‍जको इनरुवाका दुईजनामा कोरोना पुष्टि भएको थियो।

यी तीनैजनालाई अहिले एम्बुलेन्बाट वीरगञ्‍जस्थित नारायणी कोरोना विशेष अस्पतालमा लगिँदैछ। त्यस अस्पतालमा अहिले वीरगञ्‍जकै दुईसहित तीन कोरोना संक्रमितको उपचार भइरहेको छ। त्यहाँ उपचाररत चारजना यसअघि नै डिस्चार्ज भइसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here