पूर्वका जिल्ला प्रहरी प्रमुखलाई डीआईजी कार्कीको कडा निर्देशन

0
1324

बिराटनगर। 

१ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीले प्रदेश–१ का जिल्ला प्रहरी कार्यालय प्रमुखलाई लकडाउन कडाईका साथ लागूगर्न निर्देशन दिएका छन् ।

भिडियो कन्फ्रेन्स मार्फत मातहत जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्दैशन दिदैं उनले बन्दाबन्दी अर्थात लकडाउनको पूर्ण पालना गराउने कार्यमा खटिने प्रहरी कर्मचारीहरुलाई प्रयाप्त ब्रिफिङ गरी आवश्यक सुरक्षाको उपायहरु अपनाएर उपलब्ध सामाग्री सहित फिल्डमा डिउटी खटाउने,पर्चा,पम्प्लेट बितरण तथा माईकिङ गरी जनचेतना जगाउने कार्यमा लाग्न निर्देशन दिएका हुन् । उनले लकडाउनलाई कडाईका साथ पालना गर्न भनेका छन् ।

१ नम्बर प्रदेश प्रहरी प्रमुख डीआईजी कार्कीले लकडाउनको समय लम्बिदै जाँदा हुनसक्ने घरेलुहिंसा, महिला तथा बालबालिका माथी हुने हिंसाको सम्बन्धमा सजग र सतर्क रही समाजमा पहुँच बढाउन जोड दिएका छन् । यो अवस्थामा कालो बजारी र कृत्रिम अभाव हुन सक्ने तर्फ विशेष चनाखो हुन पर्ने उनको भनाई छ । नेपाल सरकारबाट जारी भएको ऐन नियम तथा कानूनको परिधिमा रहेर प्राप्त निर्दैशनलाई उच्च प्राथमिकतामा राखी शून्य सहनशिलतामा रही काम गर्न १४ वटै जिल्लाका प्रहरी प्रमुखलाई निर्देशन दिएका छन् ।

यो अवस्थामा सिमावर्ती क्षेत्रहरुबाट हुन सक्ने चोरी पैठारीलाई रोक्न सिमावर्ती क्षेत्रहरुमा विशेष ध्यान दिई काम गर्न र क्वारेन्टाईन स्थलहरुमा भरपर्दो सुरक्षा ब्यबस्था मिलाउन हुन समेत डीआईजी कार्कीले निर्देशन दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here