टायर पड्किदा एक भारतिय नागरिको मृत्यु

0
430

मोरङ ।

मोरङको बिराटनगर–१३ स्थितमा टायर पड्कदा भारत समस्तिपुर घर भएका २५ बर्षीय मो हैदरको मृत्यु भएको छ ।

बिराटनगर–१३ का जीतेन्द्र यादबको सटर भाडामा लिएर गाडीको टायरको पम्चर बनाउँदे आएका हैदरले पुरानो टायरमा हावा हालि रहेको अबस्थामा एक्कासी टायर पड्किदा टायर भित्र रहेको फलामको रिङले टाँउको र शरिरमा चोट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

मृतक हैदरको शवलाई कानुनी प्रकृयाको लागी कोशी अस्पताल बिराटनगर लगिएको र घटनाका सम्बन्धमा अनुसन्धान शुरु भएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here