मोरङ,

कटहरी गाउँपालिका-३ कटहरी चोकबाट अवधै घरलु मदिरा करिब ५ सय ५९ लिटर सहित ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा बेलबारी नगरपालिका-११ बस्नेहरु ४० वर्षीया मिना गुरूङ, ४४ वर्षीया अनिता राई, ४० वर्षीया रिता गुरूङ, ३५ वर्षीया आस्मा तामाङ र ४६ वर्षीय दिपक गुरूङ रहेका छन् ।
सोही ठाउँस्थित खटिएको प्रहरीले को.१ च २५३१ नम्बरको भेनलाई जाँच गर्ने क्रममा उक्त घरेलु मदिरा सहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने पहल भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।





























