बुधबारे जेसीजले गर्‍यो रक्तदान कार्यक्रम

0
1180

बुद्धशान्ति।

बुधबारे जेसीजले लकडाउनकाे समयमा रगतकाे अभाव हुन नदिन अाज बुधबार बृहत रूपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जेसीजले बुद्धशान्ति गाउँपालिकाको दुई स्थानमा चलाएकाे क्याम्पमा ९४ जनाले रक्तदान गरेका छन् । बुद्धशान्ति १ को तीनतले सामुदायिक बनको सभाहलमा जेसी कुशल अधिकारीकाे संयोजकत्वमा र बुद्धशान्ति ६ को राधाकृष्ण मन्दिरमा जेसी आयुश निरौलाको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएकाे महासचिव दीपेन सिटाैलाले जानकारी दिनुभयाे ।

बुधबारे जेसीजका अध्यक्ष जेसी नन्दकुमार याफु राईको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा उल्लेख्य सहभागिता जनाएकोमा अध्यक्ष जेसी राईले सबैलाई धन्यवाद दिनुभयाे ।

नेपाल रेडक्रस साेसाइटी झापा शाखाकाे प्राबिधिक सहयोग र नेपाल रेडक्रस साेसाइटी उपशाखा बुद्धशान्तिकाे समन्वयमा भएको रक्तदान कार्यक्रममा बुधबारे जेसीजका पुर्व अध्यक्षहरु जेसी फदिन्द्र चापागाईं, जेसी अतुल प्रसाईं, जेसी सेवन्त पोख्रेल, जेसी प्रकाश भण्डारी, निवर्तमान अध्यक्ष जेसी हेमन्त बराल, रेडक्रस साेसाइटी उपशाखा बुद्धशान्ति सभापति सीता निरौला लगायतको उपस्थिति थियो ।

लकडाउन यता झापामा भएको रक्तदान कार्यक्रममा सबैभन्दा बढी यस कार्यक्रममा रगत संकलन भएको नेपाल रेडक्रस साेसाइटी झापा शाखाका रक्त सञ्चार केन्द्रका इन्चार्ज शिशिर दाहालले जानकारी दिनुभयाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here