अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन

१८ बैशाख २०७७, बिहीबार मा प्रकाशित

काठमाण्डौ,

बलिवुड अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई बुधबार मुम्बईको एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।

क्यान्सरबाट पीडित उनलाई श्वासप्रश्वासको समस्या देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

हिजो मात्रै अर्का अभिनेता इरफान खानको निधन भएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here