योजनामै सिमित वादर मार्ने योजना

0
1662

दिलकुमार लिम्बू

ताप्लेजुङ,

ताप्लेज्ुङको फक्तालुङ गाउँपालिका गाउँपालिकाका र सिरिजंघा गाउँपालिकामा कञ्चजङघा संरक्षण क्षेत्र पर्दछ । संरक्षण क्षेत्र समुदायको प्रमुख आर्थिक स्रोत भनेकै अलैंची हो । संरक्षण क्षेत्र भित्र धेरै जसो अलैंची बगान छ । यहाँका अलैंची कृषकहरु अहिले सिचाई, गोरमेलमा व्यस्त छन् ।

यहाँका अलैंची कृषकहरु बाहृरै महिना विहान बेलुका अलैची बगानमै वेस्त हुन्छन् । धान,मकै,कादो जस्ता खेती पाती सबै छोडेर आलैचीं लागएको छ । यहाँका पसलेहरुले आवस्यक खाद्यय सामाग्री, लाताकपडाअन्य आवश्यक सामाग्रीहरु एक वर्ष सम्म अलैंची कृषकहरुलाई उपलध गर्दछ । आलैंचीको समय असोज,कात्तिक र मंसिर सम्म टिप्ने सुकाउँने गर्दछ । सुकाई सकेपछि जम्मा गरेको अलैची त्यहीँ पसलेकहाँ पुर्याए एक वर्ष सम्म पसलेले सामाग्री उपल्ध गएको हिसाब र अलैंची कृषकले उत्पादन गरेकोर अलैंचीको मूल्य गरी हिसाप किताब गर्दछ यहाँका अलैंची कृषहरु यसरि नै दैनिकी चालाउँ छन् ।


तर यस क्षेत्रका अलैंची कृषकहरुको समस्य भने बाँदर बनेको छ । आलैंची बगानमा बसेर अलैंचीको बोट चिरेर भित्ररहेको नरम कुँदी खाए अलैंची बगानै सोतर बनाउँने गर्दछ । बगानै मासिए पछि साहँु बाट लिएको एक वर्ष चामल खाएको तिर्ननै समस्य रहेको एक अलैंची कृर्षले बताउँनु भयो । संरक्षण क्षेत्र भएको केहि वर्ष अलैंची कृर्षकहरु मिलेर पैसा जम्मा गरेर बादर हेरालु समेत राखेको अर्को कृषकले बताउँनु भयो ।

कृषकले आफनो बगान बाँदरबाट जोगाउँन विभिन्न विधिहरु अपनाएर छ , बगानहरुमा बाँदर तर्साउन (बुख्याचा) बनाएर ठाउँ—ठाउँमा राखेको छ तैपनि केही सीप नलाकेन । केही वर्ष आगाडि अलैंचीको बोट मात्र चेताएर भित्र भएको कुँदी खाने गर्दथ्यो भने यो वर्ष देखि फल्न लागेको फुल (र्चिलीम) पनि खान थालेको स्थानीय कृर्षकहरु बताउँछन् । र्चिलीम नै खान थाले पछि त्यस्को विकल्प बाँदरहरु हिड्ने बाटो—बाटोमा खोर बनाए खोर भित्र धुन्न बाध्य भएको स्थानीय कृषक बताउँछन् । एक स्थानीय कृषले पूर्वाञ्चल दैनिकसंग भने “अहिले सम्म भरकरै बनाउँदै मात्र छौं खोर भित्र परेको छैन् । खोर भित्र परेपछि भालाले घोचेर मार्ने, एक कृर्षले थपे मारेर मासु खादा पनि चित्त नबुझने बताउनु भयो”कन्चजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिदषको कार्यालय फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा केहि वर्ष अगाडी पटक—पटक जानकारी गराउँदा पनि केहि सुनवाई नभए पछि पछिलो समयमा केहि जानकारि नगराएको एक कृषकले बताए । २०५४ साल कन्चजंघा संरक्षण क्षेत्र घोषणा भए देखिनै यस क्षेत्रको समूदायसंग सहकार्य गरेर काम गदै आएको छ । समूदायमा विभिन्न उपभोत्ता समूह, आमा समूह, सामुदायीक वन उपभोक्ता तथा अन्य विभिन्न समूह उपसमूह बनाए संरक्षण क्षेत्रका समूदायमा संरक्षण तथा सामाजिक जनचेतना जागाउँदै आएको थियो भने अहिले खासै जनसमूदायसंग जोडेर काम गर्न नसकिरहेका एक संरक्षण क्षेत्रका स्थानीय नागरिकलेल बताए ।

मुख्र्यालयमा  बस्दैन कर्मचारी

कचन्जंघा संरक्ष क्षेत्रका जम्मा कार्यरत कर्मचारि एक वाडेन सहित रेन्चर २ जान र नायब सुब्बा एक कार्यालय सहयोगी एक गरि नेपाल सरकार तर्फ ४ जान,परिषद तर्फ लेखा १ लेखा पर्यटन साहय २ सामाजिक नर्सरी नाइके १ गरी जम्मा ७ परिजालक १ कायालय सहयोगी २ र समृद्ध पहाड परियोजना तर्फ जम्मा ५ जना गरि १५ जना कार्यरत छन् ।

कञ्चजंघा संरक्षण क्षेत्र जना संर्पक कार्यालय ताप्लेजुङको सदरमुकाम फुलिङमै बसेर काम गर्दछन् । कार्य क्षेत्र फक्तालुङ गाउँपालिका र सिदिङमा गाउँपमलिका भएपनि मुख्य कार्यालय फक्ताङलुङ गाउँपालिका ६ लेलेपमा आफनै पक्की भवन केहि वर्ष संम्पन भैसकेको छ । तर मुख्यकार्यालमा भने एक जना कार्यालय सहयोगी मात्र बस्छन । समृद्ध पहाड परियोजना अन्र्तगत संञ्चालीत सहकारी संस्थ्थाले महिनाको एक दिन बजत संकलन तथा ऋण लागानी गर्ने बाहेक अरु काम केहि हुदैन् । संरक्षण क्षेत्रका समूदायले उजुरी गर्ने कार्यालयमा पर्यो भने कोहिपनि नहुने एक स्थानीयले बताउँनु भयो । मुख्य कार्यालय देखि जनसमूदायको सिङगो पनि काम हुन सक्ने स्थानीय बताउँछन ।

यो भन्दा केहि वर्ष अघि स्थानीयले मुख्य कार्यालयमै कर्मचारी बस्नु पर्ने परिषदमा माग समेत गरेको थियो । तर परिषदले फोन र नेट समस्य भएकोले सदरमुकाम देखि कार्य सम्पादन गर्नु परेको बताएको थियो । परिदषले केहि वर्ष अगाडी फोन सुविधा भए पछि प्रमुख कार्यालय देखिनै कार्य सम्पादन गर्ने जानकारी दिएको थियो तर अहिले मुख्य कार्यालय रहेको छेउमा स्वास्थ्य चौकी कार्यालय र वडा कार्यालयमा नेट संञ्चालन भैरहेको संरक्षण क्षेत्रका एक स्थानीयले बताए । तर पनि संरक्षण क्षेत्रले आफनो कार्यक्षेत्रमै रहेको मुख्य कार्यालयमै बसेर संरक्षण क्षेत्रका समूदाय संग सहकार्य करेर काम गर्ने सोच नै गरेको एक स्थानीयले आरोप समेत लगाउको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here