पूर्वकर्मचारी समाजबाट महानगरलाई राहत प्रदान

0
947

बिराटनगर ।

सेवा निबृत्त कर्मचारी समाज केन्द्रिय कार्यालयले राहत स्वरुप बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई महानगरपालिकाको परिसरमा हस्तानान्तर गरेको छ ।

कर्मचारी समाजले कोरोनाबाट बच्न र बचाउनका लागि हाम्रो सानो सहयोगका हातहरु महानगरपालिकालाई हस्तानान्तर गरेका हौ । दैनिक रोजी रोटी गर्ने मानिसहरु भोक भोकै नहुन भन्ने हाम्रो अभिप्राय हो । सबैको सहकार्यबाट मात्र सम्भव हुने हुनाले यो कामको थालनी गरेका हौ ।

हामीले यस्तो बिपदमा यस्ता सामाजिक खालका कामहरु गरेनौ भने भोलिका सरकारी कर्मचारी जो रिटार्यड हुन्छ उनीहरुलाई पनि मार्गदर्शन हुने हुदां सगठितरुपमा यस्ताकामको थालनी गरेको कर्मचारी समाजका केन्द्रिय अध्यक्ष पर्शुराम नेपालले बताउनुभयो ।

जागिरबाट रिटार्यड भएका पुर्ब सरकारी कर्मचारीहरुको छाता संगठनले नगद तथा चामल, दाल, तेल लगायतका दैनिक सामग्रीहरु एक द्धार प्रणालीबाट स्थानीय सरकारले वडा तह सम्म पुग्न सजिलो हुने भएकोले पनि महानगरपालिकालाई नै सानो राहतको प्याकेज उपलब्ध गराएको केन्द्रिय अध्यक्ष नेपालले बताएका छन् ।

राहतलाई सहज र पार्दिर्शता बनाउन महानगरपालिका लागि परेको हुनाले सबैबाट सहयोगको अपेक्षा गरेका छौ । तपाईहरु जस्तै अन्य महानगरबासीहरुबाट राहत एकद्धार प्रणालीबाट बितरण गर्न सके मात्र सबैको घर परिबारमा राहत पुग्न सक्ने साथै बिपन्न परिबारहरु भोकै बस्नु नपर्ने वाताबरण सृजना गर्न महानगरपालिका लागि परेको मेयर भिम पराजुलीले बताएका छन् । हामी पनि पछि पेन्सन हुन्छौ जेष्ठनागरिक बन्नु पर्छ नै तसर्थ यो अभियान हाम्रो लागि प्रेरणा हुने यातयात कार्यालय इटहरी सुनसरीकी प्रमुख बिन्दा नेपालले बताएकी छिन् ।

ह्स्तानान्तर कार्यक्रममा उपमेयर इन्दिरा कार्की, वडा अध्यक्षहरु, यातयात कार्यालय इटहरीका प्रमुख बिन्दा नेपाल, जनप्रतिनिधीहरु तथा कर्मचारी समाजका पदाधिकारीहरुको समेत उपस्थिति थियो । कोरोनाबाट बच्न दुरी कायम गरी राहत समाग्री उपलब्ध गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here