राहत सामग्री हस्तान्तरण

0
1540

झापा,
अर्जुनधारा नगरपालिका वडा नम्बर ११ का अति बिपन्न परिवारलाई बितरणका लागी राहत सामग्री वडा अध्यक्ष भैरब बहादुर खडकालाइ हस्तान्तरण गरिएको छ ।


सामाजिक अभियन्ता गणेश ढुंगानाद्वारा विभिन्न सहयोगि दाताहरु बिर्तामोडका ब्यवसायी असोक धानुका, गणेश खनाल,दिपक बास्कोटा अर्जुनधाराका लाइफ इन्स्योरेन्सअभिकर्ता सुनिता धिमाल बुटाबारी ब्यवसायी सघका अध्यक्ष डिल्ली चापागाईं बुद्धशान्ती गाउ पालिका का गोपाल अधिकारीबाट सकलित चामल ३६० केजि दाल ३४ केजि नुन ३४ पोका र खानेतेल ३४ पोका साथै टोल सुरक्षामा खटिने युवाहरुलाइ लगाउने दस हजार बराबरको २५ थान राती टल्कने जर्सी एकद्वार बितरण प्रणाली अनुसार अध्यक्ष खड्कालाई हस्तान्तरण गरिको अभियानका सम्योजक जगत बहादुर मगरले बताउनु भयो । कार्यक्रममा समाजसेवी गङ्गा रिमाल ,टोल बिकास समितिका सम्योजक भानु प्रसाद चापागाईं,चन्द्र सुवेदी कर्मचारी मोहन ओलि टेकेन्द्र भट्टराई लगायतको उपस्थित रहेको कार्यक्रममा स्थानीय सरकारलाई सहयोग गरि अति बिपन्न परिवारको चुलो बाल्न साथ दिएकोमा अध्यक्ष खडकाले सकलन कर्ता र सहयोगि दातालाइ धन्यवाद ज्ञापन गर्नु भएको सन्चारकर्मी रन्जित परियारले जानकारी दिनु भएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here